याक्खा जातिको संस्कृतिमा आधारित भिडियो ‘जेप्पा’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

 

दमक, १ चैत्र ।  गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आइतबार मण्डला थिएटरमा प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्ययतामा तथा चर्चित अभिनेता दयाहाङ राईको आातिथ्यमा अफिसियल प्रिमियर शो संगै ओ.एस.आर. डिजिटल युट्युब च्यानल मार्फत एकसाथ सार्वजनिक गरिएको हो ।


भिडियो सार्वजनिक कार्यक्रममा भिडियोकी मोडल अनुशा राई, गीतकार हेनसेन याक्खा, युवा निर्देशक सनम याक्खा, सिनेम्याटोग्राफर भोगेन्द्र याम्फु, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिल बहादुर रोगु, आदिवासी जनजाति चलचित्र प्रदेश नं.१ का अध्यक्ष ज्योति राज राई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सनम याक्खाको निर्देशन, सम्पादन तथा कलरमा टिबी याक्खा, अनुसा राई, हेनसेन याक्खा र जीवन याक्खाको अभिनय रहेको भिडियोमा भगेन्द्र याम्फुको छायांकन तथा सहायक निर्देशन र देवराज सिग्देलको सहायक छायांकन रहेको छ ।

सपना राईको कोरियोग्राफीमा, अशोक मण्डलको मेकअप तथा बिक्रम याम्फुको ड्रोन रहेको गीतको संगीत संयोजन भिसम आचार्यले गरेका हुन् ।

हेनसेन याक्खाको शब्द तथा राजन मुकारुङको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङ र योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;