गोपाल किरातीको देशभक्त समाजवादी यात्रा पाँचथरबाट शुरु

 लिम्बुवान न्युज
                       

पहिचान विरोधी प्रदेश खारेज गरौं, जनविद्रोहको तयारीमा जुटौं

काठमाडौं, १ चैत्र । प्रदेश १ प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि यतिबेला प्रदेशका जिल्लाहरु अशान्त भईरहेको बेला पूर्वमन्त्री गोपाल किरातीले अभियान थालेका छन् । बहुमतको दम्भमा कोशी नामाकरण गरेर आदिवासी जनजातीहरुको अपमान गरेको भन्दै पहिचानवादी राजनीतिक संघसंगठनहरु प्रतिवादस्वरुप विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरिरहेकाबेला ऐक्यवद्धता जनाउँदै मन्त्री राईले पाँचथरको फिदिमबाट अभियान शुरु गरेका हुन् ।

किराँतीको संयोजकमा ‘देशभक्त समाजवादी यात्रा’ नाम दिएको यस अभियानमा धरानका केदार सोनाङ राई, खोटाङको रोशन किराँती, सोलुका गणेश नाछिरिङ राई लगायतको टोली रहेका छन् ।

‘खासगरी, मधेस प्रदेश नामाकरणबाट पूर्वका आदिवासी र प्रगतिशीलहरु पूर्वमा पनि ऐतिहासिक बासोबास र सामुदायिक पहिचानको आधारमा प्रदेश नामाकरण गरिन्छ भन्नेमा उत्साहित थिए । तर, दलाल पुँजवीवादी र गोर्खालाी अन्धराष्ट्रवादी दल तथा त्यसका सांसदहरुले ऋषिको नामबाट बनेको भनिने कोशी प्रदेश नामाकरण गरेर आदिवासी जनता तथा प्रगतिशीलहरुको भारी अपमान गरेकाछन्’, किराँतीले अभियानबारे जानकारी दिँदै भनेका छन्, ‘प्रतिवादमा जनताले आन्दोलन उठाएका छन् । त्यस न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हामीहरु फिदिम पुगेका हौँ ।’

नेता किराँतीले अव के गर्ने भन्ने प्रश्नको जवाफ खोज्नकै निम्ति आफूहरु जनसम्वाद गर्दै अघि बढ्ने र फिदिमबाट सुरु गरिएको उक्त अभियान भक्तपुरमा पुगेर समापन गर्ने बताए । उनले सडक आन्दोलनलाई पनि जारी राख्दै दिर्घकालीन तयारी पनि सँगसँगै गर्नुपर्ने बताए । ‘दीर्घकालीन र कठोर प्रकारको नवीन राजनीतिक तयारीमा केन्द्रीत भएर नै हामीले आदिवासी जनता र प्रगतिशीलहरुको राज्यव्यवस्था स्थापित गर्न सम्भव हुनेछ । ‘पाँचथर–भक्तपुर जनसम्वाद’ यात्रा त्यही दिर्घकालीन तयारीमा केन्द्रीत एउटा अभियान हो भनेर बुुज्न पनि सबैमा अनुरोध गर्दछु’, उनले भने ।

नेता किराँतीले यस अभियान मध्यपहाडी पुष्पलाल लोकमार्ग वरपर भएर अघि बढ्दै पैदल यात्रा गर्ने र जनसम्वादको निष्कर्ष समापन समारोहमा प्रस्तुत गरिने बताए । पूर्वमा छुट्टै सशस्त्र आन्दोलन, महान जनयुद्ध तथा जनआन्दोलन लड्ने जनसमुदाय र उर्जाशील युवाहरुसँग आफूहरु जनसम्वाद गर्न अग्रसर रहेको भन्दै नेता किराँतीले जसबाट पहिचान सुनश्चिततासहित श्रमिकवर्ग, लिङ्ग, जनजाति, क्षेत्र तथा देशभक्तहरुको संयुक्त राज्यव्यवस्था निर्माणको नयाँ झण्डा उठाउन सकिने बताए ।

यस अभियानमा दीर्घकालीन तयारी वैचारिक–राजनीतिक एवं संगठनात्मक समर्थनको अपेक्षा गरेका छन् । नेता किराँतीले ‘देशभक्त समाजवादी यात्रा’को नाममा एक अपील जारी गर्दै समावाद उन्मुख राज्य र आदिवासी पहिचानविरुद्ध आतङ्ककारी हमला गरिरहेको आरोप समेत लगाएका छन् ।

‘आदिवासी पहिचान विरोधी मण्डले प्रदेशहरु खारेज गरौँ संविधान पुनर्लेखन कार्यसूचीको जनविद्रोहको तयारीमा जुटौँ’ भन्ने नारासहित जारी अपीलमा भनिएको छ–‘खसानदेखि थरुवान, मगरात, तमुवान, ताम्सालिङ नेवाः, किरात लिम्बुवान हुँदै कोचिलासम्मको आदिवासी जनताको सार्वभौम पहिचान निषेध गरेर मण्डले प्रदेश नामाकरण अपराध गरिरहेका छन् । समानता, स्वतन्त्रता र बन्धुभाव खातिर संगठित विद्रोहको झण्डा उठाउन आदिवासी र प्रगतिशीलहरु तयार छन् ?’ यदि तयार हो भने समाजवादी राज्यव्यवस्था स्थापनार्थ संविधानको समाजवादी पुनर्लेखन कार्यसूचीमा सम्वाद गर्न नेता किराँतीको अपील गरेका छन् । (दृष्टिन्यूजबाट)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...