नेपाल अन्तिम खेलमा युएईलाई हराउँदै विश्वकप छनोटमा

,   लिम्बुवान न्युज
                       


काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविसमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

यो जितसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो ।

ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो । नेपालको जितमा नेपाली चार खेलाडीले अर्थसतक पुरा गरेका थिए । गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० र दीपेन्द्र १० रनमा अविजित रहे । गुल्सनले ४८ बलमा चार चौका र २ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरे ।

त्यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम साकीले पनि अर्धसतक पूरा गरेका थिए । आरिफले ६२ बलमा २ चौकासहित ५२ रनमा आउट भए । नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औं ओभरको अन्तिम बलमा एलबीडब्लू आउट भए ।

पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

ओपनर आसिफ शेख तेस्रो बलमै विकेटकिपर अश्वन्त वल्थापाबाट शून्यमा स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्ड तर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;