लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

,   लिम्बुवान न्युज
                       


काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो ।

चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ् फिल्मस् प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रमा सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको निर्माण रहेको छ भने लोकेन सांवाको निर्देशन रहेको छ ।

नारी प्रधान रहेको ‘सुगुत’मा मौसम इम्बुङ, बबिता नेयोङ, प्रेम सुब्बा, यासेली योङहाङ, सागर केरुङ, रुकमान लिम्बु, सुम्निमा खापुङ, योमन सोदेम्बा, कुमारी मेन्याङ्बो, निता लिम्बु, तिर्थ मादेम्बा, उदय बेघा, मन कुमार योङहाङ, सैलेन्द्र नाल्बो, रबिन नाल्बो, लिला सेत्लिङ, इन्द्र पधाक, दिनेश केरुङ, आशिस लिम्बु, इन्द सेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अशोक लोहोरुङको संगीत, यासेली योङहाङ, जानु काम्बाङ, रिता फोम्बो ठुलि र सागर केरुङको गीत, राजेस पायल राई, अन्जु पन्त, सुनिता थेगीम, मनु नेम्बाङ, सुमन लिम्बु र रुकमान लिम्बुको स्वर रहेको चलचित्रमा देबेन्द्र खापुङको पटकथा, युवराज राइको छायांकन र किशोर सम्बाहाम्फेको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्र ‘सुगुत्’ आगामी सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) सम्ममा प्रदर्शनमा ल्याइने निर्देशक सांवाले बताए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;