शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।

शहीद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले धरानमा शहीदको फोटोमा माल्यार्पण गरी मौनधारण गर्दै मनाएका छन् । प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो । त्यसैगरी कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्षहरु एवी पन्धाक, भू.पु. डि.एस.पी. कृष्णमान थेवे, महासचिव अशोक चेम्जोङ् लगायत प्रतिष्ठानका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

यसरी नै संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्य समितिले शहीद मनिलको समाधिस्थल पृथ्वीनगर झापामा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष यलम्बर खम्बु, विद्यार्थी नेता मोहन मावो लगायत नेताहरुको उपस्थितिमा मनिलको समाधिमा एकमिनट मौनधारण गरी श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको जिल्ला उपाध्यक्ष राजा आङ्थुपोले जनाएका छन् ।

मञ्चले काठमाडौं केन्द्रीय कार्यालय, पान्थरको फेदेन लगायत विभिन्न स्थानहरुमा त्यसैगरी प्रवास समिति कतार लगायत अन्य प्रवासहरुमा समेत शहीद मनिल तामाङ्को बलिदानीलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

संघीय विद्यार्थी युनियन लगायतका पहिचान पक्षका विद्यार्थीहरुले स्ववियू निर्वाचन पूर्णसमानुपातिक प्रणालीबाट हुनु पर्छ भन्ने माग राखि शान्तिपूर्ण आन्दोलन गरी स्ववियू निर्वाचन रोक्ने क्रममा प्रहरीको गोली लागी तामाङ् शहीद भएका थिए । उनलाई नेपाल सरकारले १० लाख रुपैयाँ दिएको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;