‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।

षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन दबाब दिने उद्देश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा गाउँ/सहर जागरण मार्च अभियान (प्रशिक्षण, प्रतिरोध संरचना निर्माण, सङ्घर्ष समितिको पूणर्ता), १४ जिल्ला/क्षेत्रीय सभाहरु, काठमाडौँमा मोटरसाइकल जुलुस, राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरुसँग समन्वय र छलफल गर्ने भनिएको छ । प्रदेश नं. १ भर सरकारी निकायहरु, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने र पूर्व घोषित कार्यक्रमहरुको निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।

पूर्व घोषित कार्यक्रममा सरकारी निकायहरुमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक, लेखिएकाहरु हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने, प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार, प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम, प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान, प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा र प्रदेश नं. १ प्रदेश सभा घेराउ/अवरोध गर्ने कार्यक्रमलाई पूर्व घोषि कार्यक्रममा राखिएको छ । संघर्ष समितिले अनिश्चितकालीन आमहडतालको समय पछि तोक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...