लिम्बु कथामा आधारित नेपाली चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक
शनिबार, ११ चैत, २०७९ बिहानको ०८:०२ बजे,
लिम्बुवान न्युज
दमक, ११ चैत्र । आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लिम्बु कथामा आधारित चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।
चर्चित लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘जारी’ को ट्रेलर शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
नेपालको पूर्वी पाँचथर जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको परम्परा, संस्कार, संस्कृति, भेषभूषा, रितिरिवाज र परिवेशलाई प्रस्तुत गरिएको यो चलचित्र लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय चलचिलत्र हो ।
शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ । लिम्बु समुदायमा आफ्नो श्रीमती अर्को केटासँग विवाह गरेमा विवाह गर्दा लागेको सम्पूर्ण खर्चपातको दोब्बर उठाउने प्रचलन रहेको छ ।
लिम्बु समुदायमा आदिपक कालदेखि प्रचलित जारी प्रथामाथि आधारित रहेको चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।
यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रलाई निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् ।
यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी– ४’मा मुख्य भूमिकामा देखिएका थिए ।
दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...
ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...
ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...
दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...