लिम्बु कथामा आधारित नेपाली चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक
शनिबार, ११ चैत, २०७९ बिहानको ०८:०२ बजे,
लिम्बुवान न्युज
दमक, ११ चैत्र । आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लिम्बु कथामा आधारित चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।
चर्चित लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘जारी’ को ट्रेलर शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
नेपालको पूर्वी पाँचथर जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको परम्परा, संस्कार, संस्कृति, भेषभूषा, रितिरिवाज र परिवेशलाई प्रस्तुत गरिएको यो चलचित्र लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय चलचिलत्र हो ।
शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ । लिम्बु समुदायमा आफ्नो श्रीमती अर्को केटासँग विवाह गरेमा विवाह गर्दा लागेको सम्पूर्ण खर्चपातको दोब्बर उठाउने प्रचलन रहेको छ ।
लिम्बु समुदायमा आदिपक कालदेखि प्रचलित जारी प्रथामाथि आधारित रहेको चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।
यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रलाई निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् ।
यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी– ४’मा मुख्य भूमिकामा देखिएका थिए ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...