संघर्ष समितिको आव्हानमा १ घण्टे चक्काजाम सम्पन्न, सरकारद्वारा आन्दोलनमा मृत्यु भएको घटनाको छानविन समिति गठन

 लिम्बुवान न्युज
                       


दमक, ११ चैत्र । पहिचानको आधारमा कोशी प्रदेशलाई पुनः नामाकरण गर्नुपर्ने मागसहित आयोजित आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमा आज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम भएको छ ।

कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित गत चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा भएको विरोध प्रदर्शन र धर्नामा प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा निधनभएपछि पहिचान पक्षधर आन्दोलनकारी थप आन्दोलित भएका हुन ।

मृतकका परिवार र आन्दोलनकारीले लिम्बूको शव समेत बुझ्न मानेका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च मातहतको लिम्बुवान भोलेन्टियर्स सहकमाण्डर समेत रहेका लिम्बुलाई राष्ट्रिय शहीद घोषणा नगरिए आन्दोलन थप जटिलता तिर जाने मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले बताएका छन् । उनले शुक्रबार धरानस्थित भानुचोकमा बोल्दै लाजेहाङको रगतले हामीलाई थप आन्दोलित बनाएको छ । कोशी खारेजीको मागलाई हामी निरन्तर अगाडि बढाउने सरकारलाई चेतावनी दिएका छन् ।

यसैगरी संघर्ष समितिले पहिचान प्राप्तिको आन्दोलनमा प्रहरीको लाठ्ठी लागेर घाइते भै ज्यानगुमाएका लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने, प्रदेशको पुनः नामाकरण पहिचानका आधारमा गर्नुपर्ने, घटनाको छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने लगायत मागराख्दै विभिन्न आन्दोलन जारी राखेका छन ।

शनिबार १४ जिल्लाका मुख्य सहर, पहाडी जिल्लाका सदरमुकामहरुमा १ घण्टेचक्काजाम सफलतापूर्वक सम्पन्न भएको पहिचानका आधारमा प्रदेश १ को पुनः नामाकरण संयुक्त संघर्ष समितिको एक घटक किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए । कार्यक्रम लोकमार्गले छोएका प्रमुख शहरहरुमा भएको संघर्ष समितिले बताएको छ ।

घटनाको छनबिन गर्न सरकारद्वारा समिति गठन

यसैबीच सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को सचिवालयले दिएको जानकारीअनुसार सरकारले चैत ५ गतेको बिराटनगर घटना बारे छानबिन गर्न समिति गठनगरेको छ ।

नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिनसमिति गठन गरिएको हो ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका लिम्बूको मृत्यु भएपछि सरकार घटनाको छानबिन गर्न तयार भएको हो ।

प्रधानमन्त्री दाहालले शनिबार नै आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुसँगको भेटमा आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण भएको भन्दै संवेदनशील विषयमा सडक आन्दोलन भन्दा पनि संवादमा सहभागी भएर समस्या समाधानमा लाग्न सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...