लाजेहाङ घटना तुहाउने षडयन्त्रमा बनेको छानविन समिति मान्दैनौं –संघर्ष समिति

 लिम्बुवान न्युज
                       


दमक, १३ चैत्र । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू निरन्तर रहेको बताएका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई संघीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको भन्दै अध्यक्ष येक्तेनले कुनै भ्रममा नपरी अझ स–सशक्त आन्दोलन गर्न आह्वान गरेका हुन् ।
येक्तेनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, ‘वार्ताको कुनै जानकारी संघर्ष समितिलाई छैन । यी पूर्वघोषित आन्दोलनका कार्यक्रमहरु हरेक स्थानमा हरेक दिन ससक्त र अझ कडा रुपमा बढाउनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । सबै आन्दोलनकर्मीहरूमा वार्ताको भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’
पदम लिम्बु लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न र क्षतिपूर्ति दिने सरकारलाई माग गर्दै कोशी प्रदेश नाम खारेजी नभई शव नबुझ्ने संघर्ष समितिले जनाएको छ । लाजेहाङ आबद्ध पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लाजेहाङलाई शहीद घोषणा नगरिए अर्को विद्रोह शुरु हुने चेतावनी दिएका छन् । उनले पहिचानको आन्दोलनलाई कमजोर नठाउन्न सरकारलाई चुनौती दिदैं कोशी खारेजी नगरिएमा देशमा युद्ध हुने बताए । यसैगरी सहित्यकार राजन मुकारुङ्, कियाचू महासचिव निरन्ती तुम्बापो लगायत विभिन्न राजनीति कर्मी, अभियान्ताहरुले समेत सामाजिक संजाल मार्फत विरोध जनाएका छन् ।
गत चैत ५ गते कोशी प्रदेश नामकरणविरुद्ध बिराटनगरमा भएको विशाल जनप्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बु सुक्वाबा लाजेहाङको उपचारको क्रममा शुक्रबार मृत्यू भएको छ । लाजेहाङको मृत्यु पछि संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेर सडकमा उत्रिएका छन् । शुक्रबार कोणसभा, शनिबार चक्काजाम, आइतबार देखि मंगलबारसम्म स्थानीय पालिकाहरुमा ज्ञापनपत्र र १४ गते देखि १७ गतेसम्म पालिकाहरुमा तालावन्दी लगायतका कार्यक्रमहरु संघर्ष समितिले सार्वजनिक गरेको छ ।
यसैवी शनिबार संयुक्त संघर्ष समितिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सो लगत्तै लाजेहाङको घटनाका बारेमा छानबिन गर्न संघीय गृह मन्त्रालयले शनिबार गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समिति गठनको संघर्ष समितिले आपत्ती जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;