विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

 लिम्बुवान न्युज
                       


विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सांसदहरू सहभागी हुने भएपछि मंगलबार पहिचानवादीहरु विराटनगरस्थित सो होटल नै घेराउ गरी प्रदर्शन गरेका हुन् ।

यूएनडीपीको आयोजनामा आज र भोलि कार्यक्रम हुने तय थियो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रवचन दिने कार्यक्रम थियो । तर, कार्यक्रम सुरु हुनुअगावै पहिचानवादीले प्रदर्शन सुरु गरेका थिए ।

होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि प्रदर्शनकारीहरुले नाराजुलुसँ गर्दै प्रहरी घेराउ तोड्न खोजेपछि प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल भन्दा धेरै अश्रुग्यास प्रहार गरेको वताइएको छ । सो क्रममा आन्दोलनकारी पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई, एन के दर्नाल, सुरज राई, सरोज लिम्बु, अशोक राई, पदम लिम्बु, विशाल राई, रेशम राई, रोयल राई, विमल किराँती र आस्था राई गरी १३ जना रहेका छन् भने प्रहरी तर्फ डिएसपी विजय श्रेष्ठ सहित १५ जना घाइते भएको जनाइएको छ । घाइते आन्दोलनकारीहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार भईरहेको छ ।

प्रदेश नं. १ को पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।

गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । शहीदलाई राष्ट्रिय शहीद घोषणा गरी सरकारलाई उचित क्षतिपूर्तिको माग समेत संघर्ष समितिले राख्दैआएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;