लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

 लिम्बुवान न्युज
                       


काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पहिचानसहितको नामाङकन हुनुपर्ने मागसहितको आन्दोलनमा सहभागी भई लिम्बुको मृत्यु भएकाले शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

‘आन्दोलनका क्रममा आफ्नो जीवन अर्पण गर्नुभएका लाजेहाङलाई शहीद घोषणा गरी उहाँको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्दछौं’ प्रवक्ता सुमनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका लिम्बुको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

जसपाले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरोधमा नभएको भन्दै उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य नकारात्मक र सशंकित हुनुपर्ने कारण नभएको बताएको छ ।

‘सबै जनताको पहिचान र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ’ प्रवक्ता सुमनले विज्ञप्तिमा भनेका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...