चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

 लिम्बुवान न्युज
                       

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित निर्णायक आन्दोलन घोषणा गरेका हुन् ।

समितिले एसईई परीक्षालाई ध्यानमा राख्दै त्यसअघि आन्दोलन नगर्ने निर्णय गरिएको जनाइएको छ । विद्यालयहरुमा चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षा हुँदैछ । परीक्षालाई प्रभावित हुन नदिन ध्यानकेन्द्रित गर्दै कार्यक्रम स्थगन गरिएको जनाइएको छ । परीक्षापछि निर्णायक आन्दोलन गर्ने समितिले तयारी गरेको बताइएको छ ।

चैत्र ५ गते विराटनगरको जनप्रदर्शनका क्रममा मृत्यु भएका मोरङका पदम लिम्बू लाजेहाङलाई सहिद घोषणा गरी क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म शव पोस्टमार्टम नगरिने किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । “सरकारलाई दवाव दिन चैत्र २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निणर्य भएको छ ।” उनले भने । समितिले आन्दोलनबारे संयुक्त राष्ट्रसंघ, विदेशी कुटनीतिक नियोग र मानवअधिकार आयोगलाई आन्दोलनबारे औपचारिक जानकारी गराउने निणर्य गरेको छ ।

यसैगरी साहित्यिक कार्यक्रम, जिल्ला र नगर गाउँ जागरणका अभियान सञ्चालन गर्ने पनि तय भएको राईले बताउनुभयो । यस अवधिमा प्रदेशका सांसदका कार्यक्रममा अवरोध र बहिष्कार गर्ने कार्यक्रम भने जारी न्र रहने बताइएको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोसी राखेसँगै पहिचानवादी आन्दोलनमा छन् ।

यसैगरी स्थानीय तह तालाबन्दीलाई संघर्ष समितिले निरन्तर गरिरहेको छ । विहीबारमात्र धरान उपमहानगर, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, झापाको शिवसताक्षी नगरपालिका, ताप्लेजुङको मेरिङदेन लगायत विभिन्न पालिका र वडापालिकाहरुमा तालावन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;