दमक नगरपालिकाको १६औं नगर सभाः पूर्वाधार कुन वडामा कति ?

 लिम्बुवान न्युज
                       

दमक, १९ फाल्गुन / दमक नगरपालिकाको १६ औं नगर सभा बैठक आइतबार बसेको छ ।

नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षतामा बसेको नगर सभा बैठकमा आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक २०८१, विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक, फोहोर व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको प्रतिबन्ध गर्न बनेको ऐन लगायत प्रस्तुत भएका छन् ।

आजको बैठकमा नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको बिधेयक प्रस्तुत गरिन् ।
नगर सभामा विभिन्न बिषयगत समितिका संयोजकहरुले चालू आर्थिक बर्ष २०८१/ ०८२ को माघ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले केही विशेष प्रस्तावहरु समेत प्रस्तुत गरेका छन् ।

नगर सभामा पूर्वाधार बिकास समिति संयोजक भिमप्रसाद पौडेलले समितिको प्रतिवेदन पेश गर्दै पाँच लाख रुपैयाँ भन्दा कम लागतका पूर्वाधार बिकासका योजनाहरु अघि सारिनु नहुने सुझाव राखे । संयोजक पौडेलद्धारा प्रस्तुत पूर्वाधार बिकासका योजनाहरुको प्रगति विवरण अनुसार अझै १ सय ७९ योजनाहरुको सम्झौता हुन सकेको छैन ।
चालू आर्थिक बर्षमा २० वटा योजना प्रकृयामा रहेका ९० वटा सञ्चालनमा रहेका र ६२ वटा योजना सम्पन्न भएका उल्लेख गरिएको छ । उपभोक्ता समिति मार्फत ८८ वटा योजना कार्यान्वयनमा रहेका छन भने ठेक्का प्रकृयाबाट ८४ योजना कार्यान्वयनमा रहेका छन् ।

वडागत रुपमा दमक नगरका १० वटै वडा मध्ये सबैभन्दा धेरै ७० प्रतिशत पूर्वाधार योजना कार्यान्वयन गर्नेमा दमकको ७ नम्बर वडा रहेको छ भने वडा नम्बर ७ पछि ५१ प्रतिशत योजना कार्यान्वयन गर्ने वडाका रुपमा दमकको ३ नम्बर रहेको छ । ३ नम्बर वडाको ५१ प्रतिशत प्रगति भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम प्रगति हुनेमा वडा नम्बर १ रहेको छ । सो वडामा पूर्वाधार तर्फको ७ प्रतिशत मात्रै योजना कार्यान्वयन भएका छन् । २ मा २१ प्रतिशत, ४ मा ४२ प्रतिशत, ५ मा २२ प्रतिशत, ६ मा ३६ प्रतिशत , ८ मा ३० प्रतिशत, ९ मा ३५ प्रतिशत र १० मा २३ प्रतिशत पूर्वाधार बिकासका योजना कार्यान्वयन भएको तथ्याङक प्रस्तुत गरिएको छ ।
नगर तर्फ ५९ प्रतिशत , संघीय सरकार अन्तर्गतका ३७ र प्रदेश सरकार अन्तर्गतका योजनाको प्रगति ७० प्रतिशत रहेको समितिका संयोजक पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सभामा संयोजक पौडेलले दमक नगर पूर्वाधार बिकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् भने शिक्षा समिति संयोजक कुबेर भट्टराईले दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ संशोधन गर्न बनेको विधेयक, सहकारी बिकास बोर्डका संयोजक पुण्यप्रसाद दाहालले सहकारी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक , सुशासन समिति संयोजक नविन बरालले दमक नगर प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक लगायत प्रस्तुत गरे । त्यस्तै सामाजिक बिकास समितिका तर्फबाट संयोजक शारदा भट्टराई, विधायन समिति संयोजक लोकबहादुर धिमाल लगायतले पनि आआफ्ना बिषयगत प्रतिवेदनहरु पेश गरेका छन् ।
सबै प्रतिवेदन तथा विधेयकहरुमाथि राय सुझावहरु १९ फागुन सम्ममा नगर प्रमुख समक्ष दर्ता गर्न समय तोकिएको छ भने २० फागुनमा नगरको सभाको अर्को बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...