माइतीघर मण्डलामा मुक्कुलुङ रक्षाको लागि विरोधसभा हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २१ फाल्गुन । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौंस्थित माईतीघर मण्डलामा आज विरोधसभा हुँदैछ । लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङ्मा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् ।

फाल्गुन ६ देखि ८ गतेसम्मको मुक्कुमलुङ पदयात्रा सम्पन्न पश्चात केवलकार निर्माणको वटमस्टेष्टमा धर्नादिने क्रममा प्रहरी र आन्दोलनरत पक्षबिच भएको झडपबाट दर्जनौं घाइते भएको । अमानवीय व्यवहावहार गरि क्रुर तानाशाही शैलीबाट आन्दोलनरत पक्षलाई दवाउने प्रयास सँगै पक्राउ गरिएको, फाल्गुन १० गते फुङलिङमा विरोध¥याली र शान्तिपूर्ण राँकेजुलुस पछि आन्दोलनरत पक्षलाई घरघर पुगेर प्रहरी र केवलकार निर्माण पक्षकाहरुले दमन गरेको प्रति विरोध जनाउँदै काठमाडौंमा संघर्ष समितिले विरोध सभाको आयोजना गरेको हो ।

दिउँसो २ बजे हुने कार्यक्रममा उक्त आन्दोलनमा घाइते भएकाहरुको तस्वीर सार्वजनिक गर्ने साथै पक्राउ परेका १८ जना भन्दा धेरै योद्धाहरु र हालसम्म अपरण तथा बेपता पारिएकाहरु सावर्जनिक गर्न राज्यलाई आव्हान गर्नसमेत कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताइन् ।

फाल्गुन १० गते महिलाहरुमाथिको ज्यादती अमानवीय र क्रुर तानाशाह शासनभन्दा पनि भएको उनले बताउँदै अब पनि राज्यले आन्दोलनकारीमाथि दमन गरे आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिन सक्ने वताइन् ।
राज्य पक्षले आदिवासी जनजातिमाथि अपमान गरेको, हेपेको र उनीहरुको अधिकार खोस्ने कार्य भएको छ । त्यो किमार्थ मान्य नहुने बताउँदै भनिन् “बरु हामी रगत बगाउन तयार छौं, जेल बस्न तयार छौं तर मुक्कुमलुङ माथि भएको अतिक्रमण, मुन्धुमी संस्कृतिमाथि भएको दमन र याक्थुङहरुको माङगेन्ना ढाल्न दिने छैनौं ।”

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ साथै अन्य जातीय घटक सदस्यहरु, मधेशवादी दल, पहिचान पक्षधर पार्टीहरु, नागरिक समाज, सामाजिक अभियन्ता तथा कानुन विज्ञ र बरिष्ठ साहित्यकारहरुको समेत उपस्थिति रहने किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...