माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

 लिम्बुवान न्युज
                       

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् ।

बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा ‘केबुलकारे विकास चाहिँदैन’ ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केवलकारविरोधी नारा सहित प्रदर्शन गरेको हो ।

 

चुम्भाे र संघर्ष समितिको संयुक्त आयोजनामा दिउँसो २ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले राज्यको विकास नीतिका कारण आदिवासी समुदाय विस्थापित हुने खतराप्रति पनि आक्रोश व्यक्त गरे ।

लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङमा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् ।

 

नो केवलकार पक्षधरले मुक्कुम्लुङ क्षेत्रको मुन्धुमी, सांस्कृतिक र प्राकृतिक अस्तित्वको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै घाइतेहरूको तत्काल उपचार, अन्यायको अन्त्य र पूर्ण सुरक्षाको माग गरिरहेका छन् ।

फाल्गुन ६ देखि ८ गतेसम्मको मुक्कुमलुङ पदयात्रा सम्पन्न पश्चात केवलकार निर्माणको वटमस्टेसनमा धर्नादिने क्रममा प्रहरी र आन्दोलनरत पक्षबिच भएको झडपबाट दर्जनौं घाइते भएको बताएका छन् । अमानवीय व्यवहावहार गरि क्रुर तानाशाही शैलीबाट आन्दोलनरत पक्षलाई दवाउने प्रयास सँगै पक्राउ गरिएको, फाल्गुन १० गते फुङलिङमा विरोध¥याली र शान्तिपूर्ण राँकेजुलुस पछि आन्दोलनरत पक्षलाई घरघर पुगेर प्रहरी र केवलकार निर्माण पक्षकाहरुले दमन गरेको प्रति विरोध जनाउँदै काठमाडौंमा संघर्ष समितिले विरोध सभाको आयोजना गरेको हो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...