माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

,   लिम्बुवान न्युज
                       

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् ।

बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा ‘केबुलकारे विकास चाहिँदैन’ ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केवलकारविरोधी नारा सहित प्रदर्शन गरेको हो ।

 

चुम्भाे र संघर्ष समितिको संयुक्त आयोजनामा दिउँसो २ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले राज्यको विकास नीतिका कारण आदिवासी समुदाय विस्थापित हुने खतराप्रति पनि आक्रोश व्यक्त गरे ।

लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङमा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् ।

 

नो केवलकार पक्षधरले मुक्कुम्लुङ क्षेत्रको मुन्धुमी, सांस्कृतिक र प्राकृतिक अस्तित्वको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै घाइतेहरूको तत्काल उपचार, अन्यायको अन्त्य र पूर्ण सुरक्षाको माग गरिरहेका छन् ।

फाल्गुन ६ देखि ८ गतेसम्मको मुक्कुमलुङ पदयात्रा सम्पन्न पश्चात केवलकार निर्माणको वटमस्टेसनमा धर्नादिने क्रममा प्रहरी र आन्दोलनरत पक्षबिच भएको झडपबाट दर्जनौं घाइते भएको बताएका छन् । अमानवीय व्यवहावहार गरि क्रुर तानाशाही शैलीबाट आन्दोलनरत पक्षलाई दवाउने प्रयास सँगै पक्राउ गरिएको, फाल्गुन १० गते फुङलिङमा विरोध¥याली र शान्तिपूर्ण राँकेजुलुस पछि आन्दोलनरत पक्षलाई घरघर पुगेर प्रहरी र केवलकार निर्माण पक्षकाहरुले दमन गरेको प्रति विरोध जनाउँदै काठमाडौंमा संघर्ष समितिले विरोध सभाको आयोजना गरेको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;