आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ काे दमकमा विशेष प्रदर्शनी

,   लिम्बुवान न्युज
                       

दमक, २६ फाल्गुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले संयुक्त रूपमा चलचित्रको प्रर्दशन गरेको हो ।

दमकस्थित डिम्याक्स सिनेमा हलमा सोमबार दुई शो गरि चलचित्रको विशेष प्रदर्शनी गरिएको हो । विशेष प्रर्दशनीमा संघीयवादी नेता कुमार लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो ।

चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन । निर्माता समेत रहेका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले चलचित्र ‘चे’ लिम्बूहरु आन्तरिक र बाह्यरुपमा कसरी चे-लास भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताउँछन् ।

आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने वीचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको उनको भनाई छ ।

सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको यस चलचित्रमा युबराज राईको छायाङकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बूको संगीत, अमृता जबेगुको श्रृङ्गार, पर्शु लिम्बूको सम्पादन, मोनि ताम्लिङको पाश्र्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।

पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको यस चलचित्र दमक पछि पूर्वका विभिन्न शहर र विदेशसम्म प्रर्दशन गरिने निर्देशक केरुङले बताए ।

यतिवेला प्रदेश १ मा प्रदेशकाे नाम काेशी खारेजी आन्दाेलन र मुक्कुमङलुङ संरक्षण तथा नाे केवलकारकाे आन्दाेलन चलिरहेकाे बेला याे आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र चे प्रदर्शनले पहिचानकाे आन्दाेलनलाइ जिन्वत बनाउन प्रदर्शन गरिएकाे कार्यक्रम संयाेजक दिलकुमार लावतीले बताए ।

साथै चलचित्र हेर्न हलसम्म आउनु हुने सम्पूर्ण महानुभावहरूलाइ धन्यवाद व्यक्त गर्दै आफ्नाे भाषा, संस्कृति, साहित्य र कलाकाे प्रवर्दनका लागि साथ दिनु भएकाेमा दर्शकहरूलाइ निर्देशक केरूङ र आयाेजक टिमले धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;