आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ काे दमकमा विशेष प्रदर्शनी

 लिम्बुवान न्युज
                       

दमक, २६ फाल्गुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले संयुक्त रूपमा चलचित्रको प्रर्दशन गरेको हो ।

दमकस्थित डिम्याक्स सिनेमा हलमा सोमबार दुई शो गरि चलचित्रको विशेष प्रदर्शनी गरिएको हो । विशेष प्रर्दशनीमा संघीयवादी नेता कुमार लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो ।

चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन । निर्माता समेत रहेका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले चलचित्र ‘चे’ लिम्बूहरु आन्तरिक र बाह्यरुपमा कसरी चे-लास भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताउँछन् ।

आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने वीचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको उनको भनाई छ ।

सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको यस चलचित्रमा युबराज राईको छायाङकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बूको संगीत, अमृता जबेगुको श्रृङ्गार, पर्शु लिम्बूको सम्पादन, मोनि ताम्लिङको पाश्र्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।

पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको यस चलचित्र दमक पछि पूर्वका विभिन्न शहर र विदेशसम्म प्रर्दशन गरिने निर्देशक केरुङले बताए ।

यतिवेला प्रदेश १ मा प्रदेशकाे नाम काेशी खारेजी आन्दाेलन र मुक्कुमङलुङ संरक्षण तथा नाे केवलकारकाे आन्दाेलन चलिरहेकाे बेला याे आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र चे प्रदर्शनले पहिचानकाे आन्दाेलनलाइ जिन्वत बनाउन प्रदर्शन गरिएकाे कार्यक्रम संयाेजक दिलकुमार लावतीले बताए ।

साथै चलचित्र हेर्न हलसम्म आउनु हुने सम्पूर्ण महानुभावहरूलाइ धन्यवाद व्यक्त गर्दै आफ्नाे भाषा, संस्कृति, साहित्य र कलाकाे प्रवर्दनका लागि साथ दिनु भएकाेमा दर्शकहरूलाइ निर्देशक केरूङ र आयाेजक टिमले धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...