रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो ।

दूई मिनेट बाह्र सेकेन्ड लामो टिजरमा लिम्बू संस्कृतिमा प्रख्यात रहेको ख्याली प्रस्तुत गरिएको छ ।

प्रेमिल जोडीको यालाङ(धान नच) देखि लिएर प्रेम र रोमान्स प्रस्तुत गरिएको ख्यालीमा प्रेमिकाले सृष्टिलाई सुहाउने गरि मायाको विजारोपन गरि हुर्काउँदै बढाउँदै अन्त्यमा प्रेम प्रस्ताव गरेको सृष्टि, जीवन, जगत र माया प्रेमको सुरुवातबारे वयाण गरिएको छ ।

बहुप्रतिक्षित चलचित्र सेमिफुङमा बबिन आङ्देम्बे, चन्दा थेगिम आङदेम्बे, सतिका सुब्बा, चन्द्रप्रसाद बेघा, बिनोद पोमु, संगीता लावती, उदय कुरुम्बाङ, बिजय संयक लगायतले अभिनय गरेका छन् ।

राज थापा काउचाको कथा÷पटकथा÷संवाद रहेको चलचित्रको निर्माताहरुमा सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् ।

आगामी जेठ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा रहेको चलचित्रमा बिक्रम डिसिको छायांकन र अशोक कुमार राइको ब्याकराउन्ड म्युजिक रहेको छ ।

साङ्सेन पन्धाक र आइत खजुमको शब्द र डिल्ली फोम्बोको संगीत रहेको चलचित्रमा निरन्ता नेम्बाङ, इन्दीरा नेम्बाङ, देवेन चेम्जोङ, उदय बेघाको स्वर रहेको छ ।

इलाम, झापा लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरिएको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका छन् ।

भिडियाे हेर्नुहाेस् 

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...