रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो ।

दूई मिनेट बाह्र सेकेन्ड लामो टिजरमा लिम्बू संस्कृतिमा प्रख्यात रहेको ख्याली प्रस्तुत गरिएको छ ।

प्रेमिल जोडीको यालाङ(धान नच) देखि लिएर प्रेम र रोमान्स प्रस्तुत गरिएको ख्यालीमा प्रेमिकाले सृष्टिलाई सुहाउने गरि मायाको विजारोपन गरि हुर्काउँदै बढाउँदै अन्त्यमा प्रेम प्रस्ताव गरेको सृष्टि, जीवन, जगत र माया प्रेमको सुरुवातबारे वयाण गरिएको छ ।

बहुप्रतिक्षित चलचित्र सेमिफुङमा बबिन आङ्देम्बे, चन्दा थेगिम आङदेम्बे, सतिका सुब्बा, चन्द्रप्रसाद बेघा, बिनोद पोमु, संगीता लावती, उदय कुरुम्बाङ, बिजय संयक लगायतले अभिनय गरेका छन् ।

राज थापा काउचाको कथा÷पटकथा÷संवाद रहेको चलचित्रको निर्माताहरुमा सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् ।

आगामी जेठ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा रहेको चलचित्रमा बिक्रम डिसिको छायांकन र अशोक कुमार राइको ब्याकराउन्ड म्युजिक रहेको छ ।

साङ्सेन पन्धाक र आइत खजुमको शब्द र डिल्ली फोम्बोको संगीत रहेको चलचित्रमा निरन्ता नेम्बाङ, इन्दीरा नेम्बाङ, देवेन चेम्जोङ, उदय बेघाको स्वर रहेको छ ।

इलाम, झापा लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरिएको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका छन् ।

भिडियाे हेर्नुहाेस् 

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;