ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन

,   लिम्बुवान न्युज
                       

दमक, ३ चैत्र । मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुले घोषणा गरेको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन भएको जनाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै चैत्र ५ गते स्ववियूको चुनाव हुने भएको हुँदा चैत्र ४ गते हुने भनिएको उक्त कार्यक्रम स्थगन गरेको जनाएको हो ।

ताप्लेजुङस्थित मुक्कुमलुङ संरक्षण र मुक्कमुलुङमा केवलकार निर्माण खारेजको लागि निरन्तर गरिरहेको आन्दोलनका लागि यहि चैत्र ४ गते ऐसियन हाईवेमा यातायात बन्दको घोषणा गरेको थियो ।
स्ववियूको चुनावलाई मध्यनजर गर्दै तत्काललाई प्रदेश नं. १ अन्तर्गतको सडकखण्डमा यातायात बन्द घोषणा गरेको संघर्ष समिति हाईकमाण्डले तत्काल अर्को सूचना प्रकाशन नभएसम्मको लागि उक्त कार्यक्रम स्थगन गरिएको जनाएको छ । यद्यपी अन्य घोषित कार्यक्रम भने यथावत रहेको जनाएको छ ।
चुम्भो अन्र्गत विभिन्न १२ वटा संघ संस्थाहरु रहेको छन् भने राजनीतिक दल अन्र्गत ११ भन्दा धेरै संगठन संघर्ष समितिहरुमा आबद्ध रहेको छ।

 

 

 

 

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;