मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ

,   लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । मुन्धुमी आस्थाको केन्द्र धार्मिक पवित्रस्थल मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरिने भएको छ । मुक्कुमलुङमा केवलकार निर्माण जबरजस्ती प्रहरी प्रशासनको संरक्षणमा सरकारले गर्न थालेपछि आन्दोलन निरन्तर गरिरहेको संघर्षरत संगठनहरुले सिंहदरबार घेराउ कार्यक्रम आयोजना गेको हो ।

चैत्र ६ गते मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजना उक्त कार्यक्रम गरिने भएको ताङसेःपकी नेतृ सरु सिंगकले वताइन् । मुक्कुमलुङ संरक्षणका लागि मुक्कुमलुङमा नो केवलकार भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको उनले वताइन् ।

मुन्धुमी आस्थाको केन्द्र राज्यद्वारा नै अतिक्रमण भएको हुँदा सोको विरुद्ध आन्दोलन भईरहेको पहिचानवादी नेता खगेन्द्र माखिम बताउँछन् । राज्य आतंक जबसम्म रहन्छ यो आन्दोलन रोकिनेवाला नभएको उनको जिकीर रहेको छ । दलाल पुँजीवादीहरुको विरुद्ध, बर्बर दमनको विरुद्ध संघर्ष जारी राख्ने उनले बताए ।

मुक्कुमलुङ गोली काण्डको उचित छानविन गर्न, केवलकार निर्माण कर्ताका भिजिलान्तेहरुको संरक्षण राज्यले गरेको र मुक्कुमलुङ मुन्धुमीस्थलमा अपराधीकरण शैलीबाट राज्य आतंक बढेको विरुद्ध चैत्र ६ गते सिंहदरबार घेराउ गर्दै राज्यलाई सचेत गराउन लागिएको नेता माखिमले बताउनु भयो ।

मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तरदलीय संघर्ष समितिले संयुक्त रुपमा कार्यक्रमको आव्हान गर्दै काठमाडौं उपत्यकामा रहेका सबै पहिचान पक्षधर नागरिकलाई कार्यक्रममा सरिक भईदिन अपिल समेत गरेका छन् । संघर्ष समितिहरुमा विभिन्न दल र संघ संस्थाहरु आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;