तेस्रो जनआन्दोलन सडक धर्नाबाटै शुरु गर्ने चेतावानी

,   लिम्बुवान न्युज
                       

ललितपुर, ४ चैत्र । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिनबाट एक महिने सडक धर्ना काठमाडौं माइतीघर मण्डला फिव्यख्यमा अहिले पनि जारी रहेको छ ।

मार्च आठको अवसर पारेर तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद नेपालको आयोजनामा एक महिने तेस्रो जनआन्दोलन सडक धर्ना अपिल कार्यक्रम शुरु भएको हो ।

परिषदका संयोजक पूर्व मन्त्री गोपाल किरातीको अगुवाईमा विभिन्न देशभक्त श्रमिकहरुको सहभागिता रहेको उक्त धर्नामा विभिन्न माग राखेर धर्ना आयोजना गरिएको कार्यक्रमका अर्का नेता परिषदका महासचिव पदम अधिकारीले बताउनु भयो ।

लघुवित्त, मिटरव्याजी, सहकारी, विमा, बैंक तथा स्वार्गद्वारी गुठी पीडितलाई बाँच्न दिन सरकारसँग माग राखेको छ । यसैगरी सांस्कृतिक सम्पदाहरु मुक्कुमलुङ, बोझेनी, ढोरपाटन, ग्रामथान र नेवादी गुठी लगायत अन्य सम्पदाहरुको रक्षा गर्न सरकारसँग माग गरेको साथै जात व्यवस्थाको उन्मुलन गर्न राज्यसँग माग राखेको छ ।

यसैगरी सडक धर्ना बाट पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना गर्न सरकारसंग माग गरिएको छ भने भ्रष्टचारी शासन अन्त्य र नयाँ राष्ट्रिय एकीकरणका लागि संविधानको समाजवादी सारतत्व कार्यान्वयन गर्न समेत सरकारसँग माग गरिएको कार्यक्रमका प्रमुख तथा संंयोजक पूर्व मन्त्री किरातीले बताउनु भयो ।

कार्यक्रम चैत्र २४ गतेसम्म जारी रहने वताइएको छ । हाम्राे मागहरू राज्यले सम्बाेधन नगरे तेस्राे जनअान्दाेलनबाट सत्ता परिवर्तनकाे अभ्यास शुरू गरिने समेत संयाेजक किरातीले बताउनु भयाे ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;