सर्वोच्चले मुक्कुमलुङमा नो केवलकार आन्दोलनका १८ जनालाई थुनामा राख्नुको कारण माग्योः रिले अनशन शुरू

 लिम्बुवान न्युज
                       


ललितपुर, ४ चैत्र । सर्वोच्च अदालतले मुक्कुमलुङ्मा नो केवलकार आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालयका नाममा आदेश जारी गरेको छ ।
सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. चुडालको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गर्दै ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारण सहित ३ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ समेतका नाउँमा आदेश दिएका छन् ।
मुक्कुमलुङमा केवलकार निर्माण खारेज गर्नुपछि भनी भईरहेको आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले २८ फागुनमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलगायतलाई विपक्षी बनाएका छन् । सर्वोच्चमा शुक्रबार निवेदकको तर्फबाट अधिवक्ता लबन न्यौपाने, विनोदमणि भट्टराई, राजीव बाँस्तोलालगायतले बहस गरेका थिए ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा रहेको मुक्कुमलुङ पाथीभरामा केवलकार परियोजना बनाउने भनेपछि केवलकार निर्माणको विरुद्ध आन्दोलन हुँदै आएको छ । विभिन्न १२ वटा जातीय संघ संगठन सम्मिलित मुक्कुमलुङ ताङसेःप चुम्भो र ११ भन्दा धेरै राजनीतिक दलहरुको अन्तरदलीय संघर्ष समिति लगायत पहिचान तथा संस्कृति संरक्षणकर्ताहरु आन्दोलित भएका छन् ।
मुक्कुमलुङ त्यहाँका रैथाने लिम्बु याक्थुङ लगायत जातीहरुले सांस्कृतिक आस्थाको धरोहर भएको हुँदा पवित्रस्थललाई अतिक्रकण गरि त्यसको आस्था र प्राकृतिक सौन्दर्यतालाई नै समाप्त पार्ने केवलकार परियोजना अघि बढेपछि आन्दोलित भएका छन् । आन्दोलनको क्रममा गत १० फागुनमा ताप्लेजुङ सदरमुका फुङलिङ बजार तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरी प्रशासनले अमानवीय शैलीको व्यवहार गर्दै १८ जनालाई नियन्त्रणमा लिएको थियो । मानवअधिकारको हनन् गर्दै घरभित्रै अस्रु ग्याँस प्रहार गरि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएकोमा हालसम्म हिरासतमा रहेको हुँदा संघर्षरत संघ संगठनले विरोध जनाएका छन् र तत्काल रिहाई गर्न अपिल गरेका छन् ।

मुक्कुमलुङ अान्दाेलनका बन्दि रिहाइकाे माग गर्दै रिले अनसन 

ताप्लेजुङ जिल्ला प्रशासन अघि रिले अनसन शुरू भएकाे छ । पक्राउ परेका १८ जनाकाे रिहाइकाे माग गर्दै अाइतबारदेखि रिले अनसन शुरू भएकाे संघर्ष समितिले जनाएकाे छ । जबसम्म बन्दिहरूकाे रिहाइ हुँदैन तबसम्म याे निरन्तर रहने वताइएकाे छ ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...