ताप्लेजुङस्थित मुकुम्लुङ विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र

,   लिम्बुवान न्युज
                       

ललितपुर, ५ चैत्र । ताप्लेजुङस्थित मुकुम्लुङ (पाथिभरा) विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, कास्कीका अध्यक्ष विजेन्द्र चौधरीको नेतृत्वमा विभिन्न १५ जातिय प्रतिनिधित्वकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापन पत्र वुझाइएको हो ।

ज्ञापन पत्र बुझ्नुहुँदै अधिकारी पाण्डेले यसप्रति आफु सकरात्क भएको र ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री समक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ताप्लेजुङकाे मुकुम्लुङ (पाथिभरा)मा नो केबलकार आन्दोलनरत पक्षमाथि सरकारबाट भइरहेको प्रहरी दमन तथा धार्मिक स्थलमा सैन्य करण तत्काल बन्द गरी शान्तिपूर्ण बार्ताको बाताबरण तयार गर्नुका साथै आन्दोलनरत पक्षसँग अविलम्बन बार्ता गरी समस्या समाधन गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । उक्त ऐतिहासिक मुन्धुमी सांस्कृतिक स्थल मुकुम्लुङको प्राकृतिक सम्पदाहरु र धार्मिकस्थल पाथीभराको संरक्षण गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

ताप्लेजुङ स्थित किरात लिम्मु याक्थुङ सामुदायको प्राचीनतम मुन्धुमी स्थल मुकुम्लुङ,  हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र पाथिभरा विगतदेखि पूर्णरुपमा अशान्त भइरहेको छ । केबलकार निर्माण पक्ष तथा नो केबलकार पक्षवीचको आन्दोलन र द्धन्दले देश गृहयुद्धमा जान सक्ने विभिन्न राजनीतिक दल, जातीय र धार्मिक संघसंस्थाहरु र द्धन्दविज्ञहरुले आ–आफ्नाे गम्भिर धारणा सार्वजनिक गरिरहेको पनि पत्रमा उल्लेख गरिएको छ । पत्रमा उल्लेख अनुसार किरात लिम्बुवान सभ्यताभित्र विभिन्न भाषिक, धार्मिक र सांस्कृतिक समुदाय एक आपसमा मिलिजुली बस्दै आइरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;