ताप्लेजुङस्थित मुकुम्लुङ विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

ललितपुर, ५ चैत्र । ताप्लेजुङस्थित मुकुम्लुङ (पाथिभरा) विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, कास्कीका अध्यक्ष विजेन्द्र चौधरीको नेतृत्वमा विभिन्न १५ जातिय प्रतिनिधित्वकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापन पत्र वुझाइएको हो ।

ज्ञापन पत्र बुझ्नुहुँदै अधिकारी पाण्डेले यसप्रति आफु सकरात्क भएको र ज्ञापनपत्र तत्कालै प्रधानमन्त्री समक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ताप्लेजुङकाे मुकुम्लुङ (पाथिभरा)मा नो केबलकार आन्दोलनरत पक्षमाथि सरकारबाट भइरहेको प्रहरी दमन तथा धार्मिक स्थलमा सैन्य करण तत्काल बन्द गरी शान्तिपूर्ण बार्ताको बाताबरण तयार गर्नुका साथै आन्दोलनरत पक्षसँग अविलम्बन बार्ता गरी समस्या समाधन गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । उक्त ऐतिहासिक मुन्धुमी सांस्कृतिक स्थल मुकुम्लुङको प्राकृतिक सम्पदाहरु र धार्मिकस्थल पाथीभराको संरक्षण गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

ताप्लेजुङ स्थित किरात लिम्मु याक्थुङ सामुदायको प्राचीनतम मुन्धुमी स्थल मुकुम्लुङ,  हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र पाथिभरा विगतदेखि पूर्णरुपमा अशान्त भइरहेको छ । केबलकार निर्माण पक्ष तथा नो केबलकार पक्षवीचको आन्दोलन र द्धन्दले देश गृहयुद्धमा जान सक्ने विभिन्न राजनीतिक दल, जातीय र धार्मिक संघसंस्थाहरु र द्धन्दविज्ञहरुले आ–आफ्नाे गम्भिर धारणा सार्वजनिक गरिरहेको पनि पत्रमा उल्लेख गरिएको छ । पत्रमा उल्लेख अनुसार किरात लिम्बुवान सभ्यताभित्र विभिन्न भाषिक, धार्मिक र सांस्कृतिक समुदाय एक आपसमा मिलिजुली बस्दै आइरेका छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...