
ललितपुर, ५ चैत्र । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद भएको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपालले जनाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा पूर्वपञ्चको नेतृत्वमा आन्दोलन घोषणा गर्नु हास्यास्पद कुरा भएको हो ।
गत फाल्गुन २४ गते देखि काठमाडौंस्थित माईतीघर मण्डला फिव्यख्यमा राष्ट्रिय परिषदले ११औं दिन देखि आन्दोलन जारी राखिरहेको अवस्थामा पूर्वपञ्चहरुले राजतन्त्र स्थापनाको लागि तेस्रो जनआन्दोलन घोषणा गर्नु प्रतिगामी कदम भएको प्रवक्ता पदम अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
२००७ सालको आन्दोलन, ०४६÷०४७ को जनआन्दोलन र ०६२÷०६३ को जनआन्दोलनको जगबाट अढाईसय बर्षे राजतन्त्रको अन्त्य भई लोकतन्त्र गणतन्त्र हुँदै मुलुक संघीयतामा प्रवेश गरि जनताको हातमा शासन सत्ता पुगिसकेको अवस्थामा ठूला दलहरुको अर्कमण्यताले मात्र मुलुक गम्भीर शंकमा पुगेको त्यसैको परिणाम स्वरुप सबै उत्पीडिति बर्ग, मजदुर, किसान र देशभक्त श्रमजिवी आदिवासी जनजाति लगायत क्षेत्र र लैङ्गिक समुदायहरुको पक्षमा तेस्रो जनआन्दोलन घोषणा गर्दै एक महिने सडक धर्ना राष्ट्रिय परिषदले आयोजना गरेको प्रवक्ता अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सडक धर्ना पूर्व मन्त्री तथा परिषदका संयोजक गोपाल किरातीको नेतृत्वमा भईरहेको छ । सबै उत्पीडिति वर्गको पक्षमा आन्दोलन शुरु गरिएको मन्त्री किरातीले बताउनु भएको छ ।
प्रेसविज्ञप्ति हेर्नुहोस्ः
बहुसाँस्कृतिक संरचना भएको नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो सुन्दर राजनीतिक ब्यावस्थालाई एकलजायीय दलाल पूँजिवादीहरुले बाँदरको हातमा नरिवल जस्तो बनाएको सर्बबिदितै छ । भ्रष्टाचारी सत्ताको अन्त्य र नयाँ राष्ट्रिय एकीकरणको लागि संबिधानको समाजबादी सारतत्व कार्यान्वयन गर भन्ने प्रमूख राजनीतिक नारा सहित जनवर्गका बिभाजित आन्दोलनलाई जनआन्दोलमा रुपान्तरित गर्न २०८१ फागुन २४ गते देखि तेश्रो जनआन्दोलन राष्ट्रिय परिषद नेपालको आयोजनामा तेश्रो जनआन्दोलन सडक धर्ना अपिल काठमाण्डौको फिब्यख्य (माइतिघर) मा ११ औ दिनमा जारी रहेको जगजाहेर छ ।
जनयुद्धको जगमा भएको दोश्रो जनआन्दोलनले बिदा दिएको राजतन्त्रलाई फर्काउने प्रतिगामी दुस्साहस लिएर पहिलो जनआन्दोलनले तिरस्कृत गरेका पूर्बपञ्च नवराज सुबेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको आह्वान भन्ने कु–खबरले तेश्रो जनआन्दोल राष्ट्रिय परिषद, नेपालको हास्यास्पद रुपमा ध्यानाकर्षण भएको छ ।
पहिलो जनआन्दोलन २००७ र २०४६÷०४७)ले लोकतन्त्रको स्थापना र पुनस्र्थापन गर्यो । जनयुद्धको जगमा भएको दोश्रो जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो । यद्यपि एकल जातिय सामान्ति राज्यसत्ताको ठाउँमा दलाल पूँजिबादी राज्यसत्तामा बदलियो । जसले उत्पिडित बर्ग (मज्दुर, किसान र देशभक्त पूँजिपति), उत्पिडित जातजाति, क्षेत्र र लैङ्गिक समुदायहरु झन पीडित बन्नु पर्यो । देश खण्डहर बन्दैछ । लोकतन्त्रको नाममा सत्तापक्ष र प्रतिपक्षले सामाजिक रुपमै दलतन्त्रको दबदबा बढाएका छन्, खुलेआम लुटतन्त्र चलिरहेको छ । जनतामा निराशा छ ।
यस्तो अवस्थाबाट (देश र जनतालाई) निकास दिनु सचेत राजनीतिक नेतृत्वको कर्तब्य संझिई पूर्ण समानुपातिक समाजवादी निवार्चन प्रणाली एबम् चक्रिय प्रणालीको समाजबादी संसदीय ब्याबस्थाको शासकीय संरचना लागू गर्न देशभक्तहरुको राजनीतिक सम्मेलन मार्फत संबिधानको अग्रगामी संसोधनको नारा सहित प्रदेश नं १ संघर्ष समितिको कार्यादेशमा गठित तेश्रो जनआन्दोलन तयारी समितिको भेलाद्वारा पारित मार्गदर्शनद्वारा निर्देशित तेश्रोजनआन्दोलन राष्ट्रिय परिषद,नेपालद्वारा आह्वान गरिएको तेश्रो जनआन्दोलनसँग नाम बलात् अपहरण गरेर प्राप्त उपलन्धि खोस्ने प्रतिगामी हर्कतलाइ तेश्रो जनआन्दोलनको नाम दिएर जनताको अपमान गरेकोप्रति तेश्रो जनआन्दोलन राष्ट्रिय परिषद,नेपाल घोर भत्सर्ना तथा निन्दा गर्दछ ।
अन्त्यमा,
वैदेशिक प्रतिकृयावादीहरुको उक्साहटमा रहेको सामन्ती प्रतिगामी र पश्चिमा साम्राज्यवादको दलालीमा रहेको दलाल पूँजिवादी भ्रष्टाचारी सत्ताधारीहरु अघोषित संझौतामा देशलाई हिंसात्मक द्वन्दमा धकेलेर जनताको आन्दोलनलाई दिग्भ्रम बनाउने योजनामा रहेकोले सचेत रहदै उत्पिडित जनताको पक्षमा दृढता पूर्वक देशभक्तिपूर्ण तेश्रो जनाआन्दोलन मार्फत परिवर्तनको पक्षमा लामबद्ध हुन अपिल गर्दछ ।
पदम अधिकारी
प्रबक्ता
तेश्रो जनआन्दोलन राष्ट्रिय परिषद,नेपाल
मिति २०८१ चैत्र ५ गते मंगलबार
Related