सुगुप चलचित्र दुबईमा प्रिमियर शाे हुने

 लिम्बुवान न्युज
                       

दमक, ५ चैत्र । लोकेन साँबाको निर्देशन रहेको लिम्बु कथामा रहेकाे चलचित्र ‘सुगुप’ दुबईमा ‘प्रिमियर शो’ हुने भएको छ ।

आगमी मार्च ३० मा चलचित्र ‘सुगुप’ दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुने भएको हो ।

 

नेपाल राष्ट्रिय चलचित्र पुरस्कर–२०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड पाउन सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई लोकेन साँबाले निर्देशन गर्नु भएको हो ।

 

चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को रहेको चलचित्रमा छायाँङकन युवराज राई ‘वीरवहादुर’ले गरेका छन् ।

 

चलचित्रमा मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहनु भएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...