प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाे संयाेजकमा डकेन्द्र सिंह थेगिमलाई पुनः जिम्मेवारी

 लिम्बुवान न्युज
                       

दमक, १३ चैत्र । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः नामकरण संयुक्त सघर्ष समिति धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रको रक्षा र विकासको पक्षमा उभिने निर्णय गरेको छ ।

संयुक्त संघर्ष समितिको मंगलबार झापाको दमकस्थित किरात धर्म तथा साहित्य उत्थान संघकाे सभाहलमा बसेको बैठकले सो निर्णय गरेको हो । पछिल्लो समय नेपालको राजनीति जनता प्रतिकुल हुन खोजेको भन्दै संविधान मार्फत प्राप्त उपलब्धिको रक्षा र धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रात्मक व्यवस्थाको रक्षा र विकासमा आवस्यक परे आन्दोलनमा जान सक्ने भन्दै निर्णय भएको संयुक्त संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

बैठकले कोशी नाम खारेजीको आन्दोलनमा पदमकुमार लिम्बू (लाजेहाङ)ंले साहदत गरिसकेको, संयौ हजारौ युवाहरु आवश्यक परे थप सहादतहुन तयार हुने अवस्था सिर्जना भएको, कोशी नाम र मुक्कुमलुङ्मा केवलकार खारेजी आन्दोलनमा थप समर्थन जुट्दै गएको, राज्य पक्ष नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गर्न वारेन्ट जारीको अवस्था सिर्जना भएकोले विस्तारै प्रदेशमा विद्रोहको वातारण बन्नुले आन्दोलन सहि गन्तव्य तर्फ अघि बढेको समीक्षा भएको छ ।

संयुक्त संघर्ष समितिको नेतृत्व आलोपालो गर्ने नीति अनुसार प्रेम यक्तेनबाट संयोजकको जिम्मेवारी पुनः डकेन्द्रसिंह थेगिमलाई हस्तान्त्ररण गरिएको छ । उनले यस अघि पनि संयाेजककाे जिम्मेवारी सम्हालिसकेका छन् ।

बैठकमा नेपाल जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले संयुक्त संघर्ष समितिले प्रदेशको नाम ‘किरात लिम्बुवान खम्बुवान’ तोकेर आन्दोलनमा जानुपर्ने प्रस्ताव राखेका थिए ।

संयुक्त संघर्ष समितिले नाम तोकेर शेर्पा, धिमाल, याक्खा, कोचिला, मधेश, दलित, मुस्लिम लगायतलाई स्वायक्त क्षेत्र र अल्पसंख्यकलाई अधिकार सुनिश्चित गरेर नाम टुङ्गो लगाउनु पर्ने अध्यक्ष पालुङ्वाको प्रस्ताव थियो । यद्यपि यो प्रस्तावमा थप छलफलको आवश्यक रहेको र केही वक्ताहरुले नाम फिक्स गरेर जाँदा बेफाइदा हुने विचार राखेका थिए ।

बैठकले कोशी नाम खारेजी आन्दोलनलाई थप सशक्त बनाउन मंसिर ३ गते विराटनगरमा घोषित कार्यक्रमलाई ठोस निर्णय गरेर आन्दोलन घोषणा गर्ने, मुक्कुमलुङमा केवलकार र कोशी नाम खारेजी आन्दोलनलाई व्यवस्थित गर्न मुक्कुमलुङ संयुक्त संघर्ष समितिसँग छलफल गर्दै अघि बढ्ने निर्णय भएको छ ।

बैठकमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, महासचिव निरन्ति तुम्बापो, पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अधियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, महासचिव रामभक्त कुरुम्बाङ, किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई, प्रदेश अध्यक्ष पारश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), उपाध्यक्ष विष्णु भट्टराई, जसपा नेपालका प्रदेश अध्यक्ष दीपक याक्खा, सञ्जय राई, जसपा दिपेन वाला राई, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, उपमहासचिव विष्ण थाम्देन, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अशोक चेम्जोङ, पहिचानवादी मोर्चा, माओवादी केन्द्र संबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा उपाध्यक्ष प्रेम मिभक, विप्लव नेतृत्वको लिम्बुवानका गजेन्द्र लिम्बू लगायतका नेताहरु सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...