प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाे संयाेजकमा डकेन्द्र सिंह थेगिमलाई पुनः जिम्मेवारी

,   लिम्बुवान न्युज
                       

दमक, १३ चैत्र । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः नामकरण संयुक्त सघर्ष समिति धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रको रक्षा र विकासको पक्षमा उभिने निर्णय गरेको छ ।

संयुक्त संघर्ष समितिको मंगलबार झापाको दमकस्थित किरात धर्म तथा साहित्य उत्थान संघकाे सभाहलमा बसेको बैठकले सो निर्णय गरेको हो । पछिल्लो समय नेपालको राजनीति जनता प्रतिकुल हुन खोजेको भन्दै संविधान मार्फत प्राप्त उपलब्धिको रक्षा र धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रात्मक व्यवस्थाको रक्षा र विकासमा आवस्यक परे आन्दोलनमा जान सक्ने भन्दै निर्णय भएको संयुक्त संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

बैठकले कोशी नाम खारेजीको आन्दोलनमा पदमकुमार लिम्बू (लाजेहाङ)ंले साहदत गरिसकेको, संयौ हजारौ युवाहरु आवश्यक परे थप सहादतहुन तयार हुने अवस्था सिर्जना भएको, कोशी नाम र मुक्कुमलुङ्मा केवलकार खारेजी आन्दोलनमा थप समर्थन जुट्दै गएको, राज्य पक्ष नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गर्न वारेन्ट जारीको अवस्था सिर्जना भएकोले विस्तारै प्रदेशमा विद्रोहको वातारण बन्नुले आन्दोलन सहि गन्तव्य तर्फ अघि बढेको समीक्षा भएको छ ।

संयुक्त संघर्ष समितिको नेतृत्व आलोपालो गर्ने नीति अनुसार प्रेम यक्तेनबाट संयोजकको जिम्मेवारी पुनः डकेन्द्रसिंह थेगिमलाई हस्तान्त्ररण गरिएको छ । उनले यस अघि पनि संयाेजककाे जिम्मेवारी सम्हालिसकेका छन् ।

बैठकमा नेपाल जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले संयुक्त संघर्ष समितिले प्रदेशको नाम ‘किरात लिम्बुवान खम्बुवान’ तोकेर आन्दोलनमा जानुपर्ने प्रस्ताव राखेका थिए ।

संयुक्त संघर्ष समितिले नाम तोकेर शेर्पा, धिमाल, याक्खा, कोचिला, मधेश, दलित, मुस्लिम लगायतलाई स्वायक्त क्षेत्र र अल्पसंख्यकलाई अधिकार सुनिश्चित गरेर नाम टुङ्गो लगाउनु पर्ने अध्यक्ष पालुङ्वाको प्रस्ताव थियो । यद्यपि यो प्रस्तावमा थप छलफलको आवश्यक रहेको र केही वक्ताहरुले नाम फिक्स गरेर जाँदा बेफाइदा हुने विचार राखेका थिए ।

बैठकले कोशी नाम खारेजी आन्दोलनलाई थप सशक्त बनाउन मंसिर ३ गते विराटनगरमा घोषित कार्यक्रमलाई ठोस निर्णय गरेर आन्दोलन घोषणा गर्ने, मुक्कुमलुङमा केवलकार र कोशी नाम खारेजी आन्दोलनलाई व्यवस्थित गर्न मुक्कुमलुङ संयुक्त संघर्ष समितिसँग छलफल गर्दै अघि बढ्ने निर्णय भएको छ ।

बैठकमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, महासचिव निरन्ति तुम्बापो, पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अधियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, महासचिव रामभक्त कुरुम्बाङ, किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई, प्रदेश अध्यक्ष पारश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), उपाध्यक्ष विष्णु भट्टराई, जसपा नेपालका प्रदेश अध्यक्ष दीपक याक्खा, सञ्जय राई, जसपा दिपेन वाला राई, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, उपमहासचिव विष्ण थाम्देन, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अशोक चेम्जोङ, पहिचानवादी मोर्चा, माओवादी केन्द्र संबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा उपाध्यक्ष प्रेम मिभक, विप्लव नेतृत्वको लिम्बुवानका गजेन्द्र लिम्बू लगायतका नेताहरु सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;