काेशी खारेजी र संघीय गणतन्त्र रक्षाकाे लागि एक लाख युवा तयार गर्नुपर्ने प्रस्ताव

,   लिम्बुवान न्युज
                       

बेलबारी, १३ चैत्र ।  प्रदेश नं. १ काे नाम काेशी खारेजी आन्दोलनको सहिद पदमक कुमार लिम्बु सुक्वावा (लाजेहाङ)काे बेलबारीस्थित समाधीस्थलमा दाेस्राे स्मृति सभा सम्पन्न भएकाे छ ।

उक्त सभामा बाेल्दै संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव गरेका छन् । स्मृति सभामा बाल्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् ।

नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन (मिराक), प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका संयाेजक डकेन्द्रसिंह थेगिम, किरात राइ यायाेक्खाका उपाध्यक्ष तिलकप्रसाद राई, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ति तुम्बापो, जसपा नेपालका शान्ता मोक्तान, जसपाका तेजनारायण चौधरी, पहिचानवादी माेर्चाका  केदार धिमाल, अभियान समितका महासचिव रामभक्त कुरुम्बाङ, अर्जुन जम्नेली राइ लगायतले कोशी खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को योगदान र पहिचान आन्दोलनबारे विचार व्यक्त गरेका थिए । काेशी खारेजी अान्दाेलन थप शसक्त र मजबुत बनाउदै प्रदेशकाे नाम खारेज गर्ने प्रतिबद्धताका साथ लाग्ने नेताहरूले बताएका छन् ।

कार्यक्रममा सहिद लाजेहाङको आमा धनमाया लिम्बू, दिदी, छोरा विश्व लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश न. १ पुनः नामरकण संयुक्त संघर्ष समिति मोरङका सहसंयोजक डीबी कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा लाजेहाङको पक्कि समाधि स्थालमा फूलमाला चढाउनुको साथै वत्ति बालेर सम्मान जनाइएकाे थियाे ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;