मुक्कुमलुङ नाे केवलकार आन्दाेलनका घाइते सगुन लाओतीसहित दुई जना सम्मानित

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, १३ चैत्र । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घाइते बनाएका सगुन लाओतीसहित दुई जना सम्मानित भएका छन् ।
पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समिति मिक्लाजुङ पाँचथर गाउँ समितिले सांस्कृतिक योद्धाको रुपमा ताम्रापत्र र नगदले सम्मान गरेको हो ।

नो केवलकार आन्दोलनको क्रममा सगुन लाओतीलाई २०८१ माघ १२ गते मुक्कुमलुङ बलुडाँडामा प्रहरीले चलाएको गोली छाँतिमा लागेर गम्भीर घाइते भएका थिए । घाइते लाओतीको धरानको वीपी अस्पताल, विराटनगरको नोबेलमा उपचार संभव नभएपछि सेनाकाे हेलिकम्पटरबाट काठमाडौंको टिचिङ अस्पतालमा पुर्याइ उपचार भएको थियो ।

लाओतीलाई सांस्कृतिक योद्धाको उपमा दिदै ताम्रापत्र र नगदले सम्मान गरेका छन् । अभियान समिति, किरात याक्थुङ पापोहाङ सयङ लगायतबाट डेढ लाख बढी नगद सहित सम्मानित गरिएकाे थियाे । यसैगरी सगुन लाओतीसँगै घाइते भएका मंगोल लाओतीलाई समेत नगद तथा ताम्रापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिका संयाेजक डकेन्द्रसिंह थेगिमको हातबाट ताम्रापत्र प्रदान गरिएको थियो । कार्यक्रममा दुबै घाइतेका बुवाआमाहरूकाे उपस्थिति थियाे । सम्मानपत्र नेपाल जनमुक्ति पार्टी, पापोहाङ लाअाेती सयङ लगायतबाट पनि प्रदान भएको थियो ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराक), किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त लिम्बू, संविधानसभा सदस्य राजकुमार नाल्बो, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले विचार राखेका थिए ।
आयोजक संस्थाका अध्यक्ष पूर्ण लाओतीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले मुक्कुमलुङमा केवलकार, प्रदेशको नाम कोशी खारेजी नभएसम्म आन्दोलन जारी रहने बताए ।

चन्द्र ढकालको हण्डि खाएका प्रधानमन्त्री केपी ओली र सांसद योगेश भट्टराईले मानिसलाई गोली प्रहार गरेर मार्न चाहेपनि आन्दोलन नरोकिने उनीहरूले बताए । पहिचानवादी सँधै संघीय गणतन्त्रको पक्षमा रहने बताउदै चैत्र २४ गतेदेखि हुने आमहड्ताको कार्यक्रम सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

घाइते सगुन लावतीले सबै पहिचानवादी एक हुनु पर्ने वताएका छन् । साथै उनले पहिचान र मुक्तिकाेलागी अझै लड्ने बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...