मुक्कुमलुङ नाे केवलकार आन्दाेलनका घाइते सगुन लाओतीसहित दुई जना सम्मानित

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ, १३ चैत्र । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घाइते बनाएका सगुन लाओतीसहित दुई जना सम्मानित भएका छन् ।
पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समिति मिक्लाजुङ पाँचथर गाउँ समितिले सांस्कृतिक योद्धाको रुपमा ताम्रापत्र र नगदले सम्मान गरेको हो ।

नो केवलकार आन्दोलनको क्रममा सगुन लाओतीलाई २०८१ माघ १२ गते मुक्कुमलुङ बलुडाँडामा प्रहरीले चलाएको गोली छाँतिमा लागेर गम्भीर घाइते भएका थिए । घाइते लाओतीको धरानको वीपी अस्पताल, विराटनगरको नोबेलमा उपचार संभव नभएपछि सेनाकाे हेलिकम्पटरबाट काठमाडौंको टिचिङ अस्पतालमा पुर्याइ उपचार भएको थियो ।

लाओतीलाई सांस्कृतिक योद्धाको उपमा दिदै ताम्रापत्र र नगदले सम्मान गरेका छन् । अभियान समिति, किरात याक्थुङ पापोहाङ सयङ लगायतबाट डेढ लाख बढी नगद सहित सम्मानित गरिएकाे थियाे । यसैगरी सगुन लाओतीसँगै घाइते भएका मंगोल लाओतीलाई समेत नगद तथा ताम्रापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिका संयाेजक डकेन्द्रसिंह थेगिमको हातबाट ताम्रापत्र प्रदान गरिएको थियो । कार्यक्रममा दुबै घाइतेका बुवाआमाहरूकाे उपस्थिति थियाे । सम्मानपत्र नेपाल जनमुक्ति पार्टी, पापोहाङ लाअाेती सयङ लगायतबाट पनि प्रदान भएको थियो ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराक), किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त लिम्बू, संविधानसभा सदस्य राजकुमार नाल्बो, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले विचार राखेका थिए ।
आयोजक संस्थाका अध्यक्ष पूर्ण लाओतीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले मुक्कुमलुङमा केवलकार, प्रदेशको नाम कोशी खारेजी नभएसम्म आन्दोलन जारी रहने बताए ।

चन्द्र ढकालको हण्डि खाएका प्रधानमन्त्री केपी ओली र सांसद योगेश भट्टराईले मानिसलाई गोली प्रहार गरेर मार्न चाहेपनि आन्दोलन नरोकिने उनीहरूले बताए । पहिचानवादी सँधै संघीय गणतन्त्रको पक्षमा रहने बताउदै चैत्र २४ गतेदेखि हुने आमहड्ताको कार्यक्रम सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।

घाइते सगुन लावतीले सबै पहिचानवादी एक हुनु पर्ने वताएका छन् । साथै उनले पहिचान र मुक्तिकाेलागी अझै लड्ने बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;