दमकमा ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने

,   लिम्बुवान न्युज
                       

दमक, १५ चैत ।  दमकमा यहि चैत २१ गतदेखि  बैशाख ४ गतेसम्म ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेको सो महोत्सवको तयारी तीव्र पारिएको हो । महासंघको महोत्सव यो दोश्रो संस्करण हो । यसअघि २०६८ सालमा पहिलोपटक महोत्सव लगाएको थियो ।

दमकमा १३ वर्षपछि महासंघले आदिवासी सांस्कृतिक महोत्सवलाई यसवर्ष निरन्त्रता दिएको अध्यक्ष अम्बरबहादुर कुमालले बताए । महासंघले महोत्सव सचिवालयमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो ।
महासंघका नगर अध्यक्ष कुमालले दमक- ७ को सयपत्री टोलमा आयोजना हुने महोत्सवका सवै काम धमामध भईरहेको जानकारी दिए । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्नुका साथैं एक करोड बढीको कारोवार हुने अनुमान उनको छ ।

महोत्सव सफल बनाउन महासंघ दमक नगर अध्यक्ष कुमालको संयोजकत्वमा मूल आयोजक समिति तथा एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको सचिव समुन्द्रा लामाले बताईन् । महोत्सवमा जनजातिका खानापीन ,गरहगहना,लत्ताकपडासहित स्थानीय उत्पादनका बस्तुहरुको तीन दर्जन बढी व्यवसायिक स्टलहरु रहने छन् । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने उपाध्यक्ष नरबहादुर पुलामीले बताए ।
महोत्सवबाट प्राप्त हुने आम्दानी महासंघले दमक -८ स्थित निर्माणाधिन आदिवासी संग्रहालय निर्माणकालागि खर्च गरिने कोषाध्यक्ष ओममाया आङदेम्बेले बताईन् ।

नेपाल आदिवासी जनजाति महिला महासंघ दमककी अध्यक्ष मीना गुरुङले स्वागत मन्तव्य राखेको सो पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार संयोजक मोहन धिमाल,किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, राजवंशी विकास समिति दमकका अध्यक्ष भरुवा राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;