गर्भवती श्रीमति हत्यारा श्रीमान उमेश गिरि पक्राउ

 लिम्बुवान न्युज
                       


इलाम, फाकफोक। इलामको फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको गर्भवती थिइन् । घुम्न लैजाने भन्दै उमेशले गत फागुन २९ गते बेलुका घरबाट करिब २ घण्टाको दुरीमा लगेर श्रीमतीको हत्या गरी बाटो मै शव गाडेको प्रहरीले बताएको छ । विमलाको हत्या गरेको आरोपमा पक्राउ परेका उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विमला चैत १ गतेदेखि हराइरहेकी थिइन् । दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घण्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका २ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।
विमलालाई हत्या गरेर शव बीच सडकमा गाडिदिएको भन्दै उमेशले नै ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो । उमेशले चैत १ गते विमलालाई हत्या गरेर गाडेको देखिएको प्रहरीले बताएको छ । विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उमेशको विवाहेत्तर सम्बन्धका कारण बिमलाको हत्या गरेको देखिएको बताएको छ ।
‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ,’जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन्, श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेपछि खाडल खनेर गाडेको देखिन्छ।’
पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...