दमक, २८ फाल्गुन । समानुपातिक निर्वाचनमा ५७ वटा दलहरु सहभागी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । अन्य पाँच वटा दलले थ्रेसहोल्ड कटाएका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्यूनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जम्मा ६ वटा दलले मात्र थ्रेस होल्ड कटाएका छन्भने अन्य ५१ वटा दलहरुले प्रत्यक्षमा एक सिट पनि जितेका छ्रैनन् भने समानुपातिकमा थ्रेसहोल्ड कटाएका छ्रैनन् ।

थ्रेसहोल्ड नकटाएका १० पार्टीहरुमा जसपा, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, रामुपा÷जसपा÷नाउपा(एक चुनाव चिन्ह चकिया), नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय जनमोर्चा, नेसंसपा÷बएपार्टी÷नेजजापा एकल चुनाव चिन्ह बस), नेपाल जनता संरक्षण पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ । थ्रेसहोल्ड नकटाउने ५१ दलहरूको कुल मत हो ।
थ्रेसहोल्ड कटाउन नसकेका पहिलो दल जनता समाजवादी पार्टी, नेपालले १ लाख ८२ हजार २८५ छ भने त्रिमूल नेपाल सबैभन्दा कम मत ल्याउने दल रहेका छन् ।
५१ वटा दलले ल्याएका समानुपातिक मत
१. जसपा, नेपाल १,८२,२८५
२. राष्ट्रिय परिवर्तन पार्टी १,७२,४९३
३. जनमत पार्टी ७९,४३५
४. चकिया (जाँतो) (रामुपा÷जसपा÷नाउपा, नेपाल) ६२,०६९
५. नेपाल मजदुर किसान पार्टी ४२,३०१
६. राष्ट्र निर्माण दल नेपाल ३९,५७७
७. राष्ट्रिय जनमोर्चा २९,४५५
८. एकल चिन्ह बस (नेसंसपा÷बएपार्टी÷नेजजापा) २९,४३६
९. नेपाल जनता संरक्षण पार्टी २८,४२४
१०. प्रगतिशील लोकतान्त्रिक पार्टी २४,६७५
११. नेकपा (माओवादी) २३,८६४
१२. मंगोल नेशनल अर्गनाइजेशन २०,८२९
१३. मोबाइल (आम जनता पार्टी÷जनादेश पार्टी) १९,८३२
१४. सार्वभौम नागरिक पार्टी १४,८८७
१५. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल १०,७२६
१६. संयुक्त नागरिक पार्टी ९,१४२
१७. स्वाभिमान पार्टी ८,१५६
१८. राष्ट्रिय जनमुक्ति पार्टी ७,२१०
१९. नेपाल जनता पार्टी ७,१६४
२०. राष्ट्रिय एकता दल ७,०७१
२१. नेकपा (माले) ६,१७२
२२. राष्ट्रिय गौरव पार्टी ५,२५०
२३. नेशनल रिपब्लिक नेपाल ५,१६१
२४. गतिशील लोकतान्त्रिक पार्टी ५,१०१
२५. नेपालका लागि नेपाली पार्टी ५,०१९
२६. नेकपा माक्र्सवादी (पुष्पलाल) ४,८३२
२७. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,६८१
२८. नेकपा (संयुक्त) ४,५१५
२९. राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४,३२१
३०. समावेशी समाजवादी पार्टी नेपाल ४,२८४
३१. नेपाल लोकतान्त्रिक पार्टी ४,१२३
३२. नेपाल मातृभूमि पार्टी ३,२२८
३३. जय मातृभूमि पार्टी २,९८१
३४. राष्ट्रिय जनता पार्टी नेपाल २,९३६
३५. बहुजन शक्ति पार्टी २,७७५
३६. प्रजातान्त्रिक पार्टी नेपाल २,२४६
३७. नेपाल जनमुक्ति पार्टी २,१७२
३८. जन अधिकार पार्टी २,११७
३९. नेपाल सद्भावना पार्टी २,०१८
४०. पिपुल फष्र्ट पार्टी १,८००
४१. नेपाली कांग्रेस (वी.पी.)१,७८८
४२. नागरिक शक्ति, नेपाल १,७३३
४३. नेपाली जनश्रमदान संस्कृति पार्टी १,६३९
४४. नेपाली जनता दल १,४५४
४५. समावेशी समाजवादी पार्टी १,३९७
४६. जनता लोकतान्त्रिक पार्टी, नेपाल १,३०३
४७. जगर भएको सिंह(सनेपा÷नासपा) १,१३२
४८. जनप्रिय लोकतान्त्रिक पार्टी ९५५
४९. मितेरी पार्टी नेपाल ७७२
५०. उन्नत लोकतन्त्र पार्टी ७३०
५१. त्रिमुल नेपाल ६९४