संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

,   लिम्बुवान न्युज
                       

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ ।
मोर्चाका संयोजक अशोक चेम्जोङले एक विज्ञप्ति जारी गर्दै जनताले स्थायी सरकारको अपेक्षा गरेर नयाँ दललाई मत मार्फत देश बनाउन मतदान गरेको जनाएका छन् । विज्ञप्ति मार्फत अन्तरिक सरकारले विघटित प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा गर्न सफल भएकोमा प्रधानमन्त्री शुसीला कार्कीलाई धन्यवाद दिदैं लोकतान्त्रिक प्रक्रिया मार्फत नेपाली जनताले झण्डै दुईतिहाई मत दिएर रास्वपालाई सत्ता सुम्पेको मोर्चाका संयोजक चेम्जोङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले पुराना दलहरुलाई जनताको कठघरामा उभ्याएको उल्लेख गर्दै नेपाली जनताले धेरै आशा र विश्वासका साथ नयाँ दललाई पहिलो दलको रुपमा करार गर्दै देशलाई भ्रष्टचार मुक्त र सुशासनको प्रत्याभूति दिने म्याण्डेट दिएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
मोर्चाले जारी गरेको विज्ञिप्तमा छ महिना अघि भएको जेनजी विद्रोह, जनयुद्ध, आदिवासी आन्दोलन, मधेश विद्रोह, लिम्बुवान, थरुहट, प्रदेश नं. १ को नो कोशी आन्दोलन, सांस्कृतिक सम्पदा माथिको अतिक्रमण, मुक्कुमलुङमा नो केवलकार, खुवालुङ संरक्षण, बोझेनी संरक्षण लगायतका दर्जनौं सांस्कृतिक अतिक्रमण, सांस्कृति सम्पदा तथा भाषिक आन्दोलन लगायतका एजेण्डाहरुलाई संघीय सरकार मार्फत प्रदेश र स्थानीय तह मार्फत सम्बोधन गर्न विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेको छ ।
यस प्रतिनिधिसभाको निर्वाचनबाट पहिचानको एजेन्डा बोकेका दलहरुको मत परिणाम कमजोर देखिएपनि मुद्दा कमजोर नभएको जिकीर गर्दै मोर्चाले २०७२ सालको संविधानको भावना र मर्म विपरित पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता तथा समावेशी सिद्धान्तमा कुनै प्रकारको सम्झौता नहुने साथै यस मुद्दा प्रति भर्खरै नेपाली जनताबाट अनुमोदित भई बहुमतको सत्ता निर्माणमा लगेको दललाई मोर्चाको निरन्तर खबरदारी हुने छ– विज्ञप्ति मार्फत भनिएको छ ।
प्रदेश नं. १ को कोशी नाम खारेजी गरि पहिचानको आधारमा नामाकरण मुख्य एजेण्डा माथि कुनै सम्झौता नहुने उल्लेख गर्दै मोर्चाले वर्तमान नयाँ बन्ने सरकार संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई थप द्वन्द्वतर्फ धकेल्ने प्रयास भए शसक्त प्रतिकार समेत गर्ने चेतावनी दिएको छ ।

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;