रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने बताए ।

उनका अनुसार खासआर्यबाट १७,  आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

९ जना पुरूष समानुपातिकमा मध्ये खसआर्य २ पुरूष, आदिवासी जनजातिबाट २ पुरूष, मधेशी २, दलित १, थारू १ र मुस्लिम १ रहन सक्ने छन् ।

यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु  गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।

निर्वाचन आयाेगले तीन दिनकाे म्याद दिएकाे बन्दसूचीकाे नाम बुझाउने आज अन्तिम दिन हाे ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...