दलित मुक्ति मञ्चको सभा स्थगित

 लिम्बुवान न्युज
                       

इटहरी। संघीय दलित मुक्ति मञ्च, नेपालले आयोजना गर्ने भनिएको आमसभा स्थगित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको मञ्चले यहि चैत्र २१ गते इटहरीमा ऐतिहासिक वृहत सभा गर्ने तयारी गरेको थियो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा पुनः दोस्रो लहरमा कोभिड–१९ फैलिन थालेपछि नेपाल सरकारले पनि सबै प्रदेशहरुमा सभा सम्मेलन गर्न बन्देज गरेसँगै सभा स्थगित गर्नु परेको हो ।

जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरु मार्फत सूचना, माइकिङ्द्वारा जनतालाई सुरक्षित रहन अपिल गरेसँगै ठूलठूला कार्यक्रमहरु गर्न समेत रोक लगाएपछि वृहत रुपमा तयारी गरिएको दलित मञ्चको कार्यक्रम हाललाई स्थागित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तेह्र प्रतिशत भन्दा धेरै दलितहरु राजनीतिक रुपमा शसक्त उठ्न नसकेको भन्दै राजनैतिक लडाई लढ्न र सिंहदरबारमा दलित समुदायलाई उल्लेख्य रुपमा प्रवेश गराउने लडाई लढिरेहका दलित मुक्तिको अन्तिम विकल्प भनेकै गैरभौगोलिक प्रान्त स्थापना गर्ने लक्ष्य रहेको विज्ञप्तिमा भनिएको छ । त्यसैगरी विज्ञप्तिमा संघीय मञ्चको १०+१ प्रान्तीय अवधारणा अन्तर्गत दलित समुदायको मागलाई राज्यले सम्बोधन गर्नु पर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...