दुर्गापुरमा नयाँ बजार व्यवस्थापन गठन गर्न सरोकारवालाहरुको माग

 लिम्बुवान न्युज
                       

झापा। दुर्गापुर बजार व्यावस्थापन समितिले नयाँ कार्य समिति नपाएसँगै यहाँका सरोकारवालाहरुले नयाँ कार्य समिति बनाउन माग गरेका छन् । कन्काई वडा नं. ७ ले आफू खुशी बजार व्यवस्थापन समिति गठन गर्न खोजे पछि समस्या आएको हो ।

दुर्गापुर व्यापारी समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेसका कनकाई ७ का वडा सभापति इश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइन्चार्ज तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघीय लिम्बुबान मंच नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशन गर्दै दुर्गापुर बजार व्यावस्थापन समितिको समयसिमा सकिएपनि यस क्षेत्रका सरोकारवालाहरुले नयाँ समिति बनाउन भन्दा पनि आलटाल गर्दै आएको र वजार व्यावस्थापन समितिको अधिवेशनलाई वडाअध्यक्षले पछि सार्दै आएको आरोप लगाएका छन् ।

यसै विचमा बजारवासीलाई सुचना नदिई एकाएक नयाँ समिति बनाउन प्रयास गरेकोमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिकेशन गएको समेत विज्ञप्तीमा उल्लेख छ । पोखरेलको निर्देशनमा तत्कालका लागि एकाएक बन्न लागेको समिति बन्न रोकिएपनि अझैपनि वडाअध्यक्षले आफु अनुकुलको समिति गठन गर्न चाहिरहेको भन्दै स्वतन्त्र पूर्वक बजारवाशीलाई नयाँ समिति गठन गर्न समेत माग गरिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;