पत्रकार महासंघ प्रदेश १ मा ५५ जनाको उम्मेद्वारी

 लिम्बुवान न्युज
                       

विराटनगर। नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने निर्वाचनमा प्रदेश १ मा २१ पदका लागि ५६ जनाको उम्मेद्वारी मनोनयन भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । मोहनकाजी, लिला बल्लभ घिमीरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेद्वारी दर्ता गराएका हुन् ।

एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहित कुमार राई र लवदेव ढुंगानाले उम्मेद्वारी मनोयन गरेका छन् । यसैगरी एक महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ् दुई जनाको उम्मेद्वारी परेको छ । एक महासचिवमा भने चार उम्मेद्वारी दर्ता भएको छ । विवेक गौतम, फिपराज वेघा लिम्बु, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद)ले उम्मेद्वारी दिएका छन् ।
यसरी नै खुल्ला सचिवमा तीन उम्मेद्वारी परेको छ । कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुले उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै समावेशी एक सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेद्वारी दर्ता गराएका छन् । यसरी नै कोषाध्यक्ष पदको लागि तीन उम्मेद्वार गणेश साम्पाङ राई, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले मनोनयन दर्ता गराएका छन् ।

पाँच खुल्ला सदस्यमा १३ जनाको उम्मेद्वारी परेको छ । कमल रिमाल, केशर बहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाई र सुरेन्द्र भण्डारीले उम्मेद्वारी दिएका छन् । तीन जना महिला सदस्य पदमा ७ जनाको उम्मेद्वारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ्, विनु तिम्सिना, माला पालुङ्वा, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र शुसीला पाठकले महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

दुई आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमन कुमार दनुवारले उम्मेद्वारी दिएका छन् । यस्तै दुई मधेशी सदस्यमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द्र मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादवको नाम दर्ता भएको छ । दलित सदस्यमा पिवी दियाली र रणध्वज लोहारले उम्मेद्वारी दर्ता गरेका छन् । यसरी नै अल्पसंख्यक सदस्यमा तालीव अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेद्वारी दिएका छन् । यद्यपी तोकिएकै समयमा आज साँझ संयुक्त प्यानलका विभिन्न पदका वागी उम्मेद्वारहरुले नाम फिर्ता लिएको निर्वाचन स्रोतले जनाएको छ । याे समाचार तयार पार्दासम्म कुन-कुन पदका उम्मेद्वारहरूले मनाेनयन फिर्ता लिएका हुन पुष्टी हुन बाँकी रहेकाे छ ।

महासंघको २५ गते हुने चुनावमा प्रदेश १ मा रहेका कुल १ हजार ६ सय भन्दा बढी मतदाताहरु १४ वटा जिल्लाबाट चुनावमा सहभागी हुने निर्वाचन परिचालन समितिले जनाएको छ ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;