पत्रकार महासंघ प्रदेश १ मा ५५ जनाको उम्मेद्वारी

,   लिम्बुवान न्युज
                       

विराटनगर। नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने निर्वाचनमा प्रदेश १ मा २१ पदका लागि ५६ जनाको उम्मेद्वारी मनोनयन भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । मोहनकाजी, लिला बल्लभ घिमीरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेद्वारी दर्ता गराएका हुन् ।

एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहित कुमार राई र लवदेव ढुंगानाले उम्मेद्वारी मनोयन गरेका छन् । यसैगरी एक महिला उपाध्यक्षमा कोकिला ढकाल र हिमाकुमारी चेम्जोङ् दुई जनाको उम्मेद्वारी परेको छ । एक महासचिवमा भने चार उम्मेद्वारी दर्ता भएको छ । विवेक गौतम, फिपराज वेघा लिम्बु, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद)ले उम्मेद्वारी दिएका छन् ।
यसरी नै खुल्ला सचिवमा तीन उम्मेद्वारी परेको छ । कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बुले उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै समावेशी एक सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेद्वारी दर्ता गराएका छन् । यसरी नै कोषाध्यक्ष पदको लागि तीन उम्मेद्वार गणेश साम्पाङ राई, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले मनोनयन दर्ता गराएका छन् ।

पाँच खुल्ला सदस्यमा १३ जनाको उम्मेद्वारी परेको छ । कमल रिमाल, केशर बहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाई र सुरेन्द्र भण्डारीले उम्मेद्वारी दिएका छन् । तीन जना महिला सदस्य पदमा ७ जनाको उम्मेद्वारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ्, विनु तिम्सिना, माला पालुङ्वा, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र शुसीला पाठकले महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

दुई आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमन कुमार दनुवारले उम्मेद्वारी दिएका छन् । यस्तै दुई मधेशी सदस्यमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द्र मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादवको नाम दर्ता भएको छ । दलित सदस्यमा पिवी दियाली र रणध्वज लोहारले उम्मेद्वारी दर्ता गरेका छन् । यसरी नै अल्पसंख्यक सदस्यमा तालीव अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेद्वारी दिएका छन् । यद्यपी तोकिएकै समयमा आज साँझ संयुक्त प्यानलका विभिन्न पदका वागी उम्मेद्वारहरुले नाम फिर्ता लिएको निर्वाचन स्रोतले जनाएको छ । याे समाचार तयार पार्दासम्म कुन-कुन पदका उम्मेद्वारहरूले मनाेनयन फिर्ता लिएका हुन पुष्टी हुन बाँकी रहेकाे छ ।

महासंघको २५ गते हुने चुनावमा प्रदेश १ मा रहेका कुल १ हजार ६ सय भन्दा बढी मतदाताहरु १४ वटा जिल्लाबाट चुनावमा सहभागी हुने निर्वाचन परिचालन समितिले जनाएको छ ।

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;