प्रेस चौतारी नेतृत्वको प्यानलद्वारा प्रदेश समिति उम्मेद्वार घोषणा

 लिम्बुवान न्युज
                       

विराटनगर। प्रेस चौतारी नेपालको नेतृत्वको व्यवसायिक, समाजेवशी संयुक्त प्यानलले पत्रकार महासंघ जिल्ला कार्यालय विराटनगरमा १ नम्बर प्रदेश समिति उम्मेद्वारहरुको उम्मेद्वारी घोषणाको गरेको छ । चौतारीसँगै प्रेस मञ्च नेपाल, संघीय पत्रकार मञ्च र संघीय पत्रकार परिषदको संयुक्त प्यानलले २१ सदस्यीय कार्य समितिका सबै उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।

झापाका अग्रज क्रियाशिल पत्रकार मोहन काजीको नेतृत्वमा २१ जना उम्मेद्वारहरुको नाम उक्त कार्यक्रममा घोषणा गरिएको छ । उपाध्यक्षमा रोहित कुमार राई, महिला उपाध्यक्षमा कोकिला ढकाल, महासचिवमा फिपराज वेघा, सचिवमा अविजाल विष्ट, समावेशी सचिवमा सन्तवीर लामा, कोषाध्यक्षमा सन्तोष रुचाल रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा कमल रिमाल, केशवबहादुर चौहान, तेजेन्द्र भण्डारी, मिनराज (प्रवास) उप्रेती, युवराज विवश रहेका छन् । आदिवासी सदस्यमा उपेन्द्र चाम्लिङ र दिल कुमार लावती यसरी नै मधेशी सदस्यमा चन्दनकुमार रौनियार र सुर्यनारायण यादव रहेका छन् । महिला सदस्यहरुमा बिनादेवी तामाङ, शुभद्रा प्याकुरेल र सुमित्रा कोइराला छन् भने दलितमा रणध्वज लोहार र अल्पसंख्यक सदस्यमा विजय धिमालको नाम घोषणा गरिएको छ ।

घोषित नामहरुमा महासचिव पदका उम्मेद्वार फिपराज वेघा, बिनादेवी तामाङ् र मधेशी सदस्य सुर्यनारायण यादव प्रेस मञ्च नेपालका हुने । समावेशी सचिवका उम्मेद्वार सन्तवीर लामा संघीय पत्रकार परिषदका हुने भने आदिवासी जनजाति सदस्य दिल कुमार लावती संघीय पत्रकार मञ्च, नेपालका उम्मेद्वार हुन् भने बाँकी सबै प्रेस चौतारीका उम्मेद्वार रहेका छन् ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;