सिरिजङगा टोलको भवन उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना शाखाका डम्बर बरालको विशेष आतिथ्यता रहेको थियो । साहित्यकार तथा सामाजिक अभियन्ता सेसेमी से नाल्बो र इक्सा सम्बाहाम्फेद्वारा दश धुर जग्गा दान गरी १६धुर जग्गामा करिब ७ लाखको लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । ८४ घर परिवार रहेको उक्त टोलमा जनस्तरबाटै सो भवन निर्माण गरेका हुन् । हालसम्म कुनै दातृ निकायबाट रकम प्राप्त भएको टोलवासीहरुले बताएका छन् ।

कार्यक्रममा छिमेकी टोलका प्रमुखहरु लुङ्धुङ टोलका अध्यक्ष याम राई, हिमालय टोलका अध्यक्ष बुद्धि इङनाम त्यसैगरी सिने निर्देशक राजकुमार आङदेम्बे लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा जग्गादाता सेसेमी सेनाल्बो र इक्सा सङबाङफेलाई ताम्रपत्रले सम्मान गरिएको थियो भने सबै सहयोगदाताहरुलाई पनि सम्मान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रम सिरिजङगा टोलका अध्यक्ष रचना लाओतीको अध्यक्षतामा सम्पन्न भएको छ । त्यसैगरी स्वागत मन्तव्य टोलका कोषाध्यक्ष तारादेबी राईले गरेका थिइन् भने संचालन सचिब आरती लिम्बूले गरेकी छन् ।

 

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...