रचनाको सेम्मु?इ हाम्लाक्वा सङग्रह बिमोचन

 लिम्बुवान न्युज
                       

दमक। कवि रचना लाओती “कुसङ“को लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति सेम्मु?इ हाम्लाक्वा संग्रह विमोचन भएको छ ।
शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको हलमा याक्थुङ् निर्देशक/कलाकार राजकुमार आङदेम्बेको प्रमुख आतिथ्यतामा उक्त हाम्लाक्वा संग्रहको विमोचन भएको हो ।

कार्यक्रममा साहित्यकार/फरक आयाम अभियान्ता साङसेन पङधाक, पत्रकार/ रुबाइ मञ्च नेपाल सह सचिब राज कुमार सुब्बा अनिश्चित, साहित्यकार अभागी थेगुवा, गजलकार बलिभद्र कोइराला, पत्रकार भवानी आङदेम्बे, पोक्लाबाङ पत्रिका व्यवस्थापक इछिङसा मुसाहाङ, समाजसेवी बिष्णु केरुङ, भवानी थेगिमको उपस्थिति रहेकोे थियोे ।

सेम्मु?इ हाम्लाक्वा सङग्रह माथी साहित्यकार पुष्पहाङ लोरिङदेन लोवाले टिप्पणी गरेका थिए ।
हाम्लाक्वा सङग्रहभित्र सिद्धान्तनत् लिम्बू परम्परागत काव्य साहित्यबाट संरचनाबद्वताको १२अक्षरीय शब्दहरुको मात्तृक छन्द रहेको छ ।
०६३ सालदेखि नेपाली साहित्य तथा गीत सङ्सङगीत छेत्रमा लागेका रचनाको सातौ तथा लिम्बूबाट प्रथम कृति सेम्मु?इ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

कृति भित्र किरात सिरिजङगा लिपीबाट १५ वटा हाम्लाक्वाहरु समावेश छन् भने सो कृति ४८ पृष्ठको रहेको छ । साहित्यकार लाअाेतीका
नटुङगिन्ने यात्रा (गीति सङग्रह २०६३), जाउला हाटैमा (गीति सङग्रह २०६३), दुर्भाग्य (उपन्यास सङग्रह २०६५), हित कोष (उक्ति सङग्रह २०६८), प्रीतिको डायरी (कविता सङग्रह २०६९) र स्मृति (गजल सङग्रह २०७५) लगायत नेपाली साहित्यमा फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् ।

साहित्यकार लाओतीले केहि हाम्लाक्वाहरु समेत वाचन गरेका थिए ।
विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षता सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा “डिल्लीश्वर“ले गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...