रचनाको सेम्मु?इ हाम्लाक्वा सङग्रह बिमोचन

 लिम्बुवान न्युज
                       

दमक। कवि रचना लाओती “कुसङ“को लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति सेम्मु?इ हाम्लाक्वा संग्रह विमोचन भएको छ ।
शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको हलमा याक्थुङ् निर्देशक/कलाकार राजकुमार आङदेम्बेको प्रमुख आतिथ्यतामा उक्त हाम्लाक्वा संग्रहको विमोचन भएको हो ।

कार्यक्रममा साहित्यकार/फरक आयाम अभियान्ता साङसेन पङधाक, पत्रकार/ रुबाइ मञ्च नेपाल सह सचिब राज कुमार सुब्बा अनिश्चित, साहित्यकार अभागी थेगुवा, गजलकार बलिभद्र कोइराला, पत्रकार भवानी आङदेम्बे, पोक्लाबाङ पत्रिका व्यवस्थापक इछिङसा मुसाहाङ, समाजसेवी बिष्णु केरुङ, भवानी थेगिमको उपस्थिति रहेकोे थियोे ।

सेम्मु?इ हाम्लाक्वा सङग्रह माथी साहित्यकार पुष्पहाङ लोरिङदेन लोवाले टिप्पणी गरेका थिए ।
हाम्लाक्वा सङग्रहभित्र सिद्धान्तनत् लिम्बू परम्परागत काव्य साहित्यबाट संरचनाबद्वताको १२अक्षरीय शब्दहरुको मात्तृक छन्द रहेको छ ।
०६३ सालदेखि नेपाली साहित्य तथा गीत सङ्सङगीत छेत्रमा लागेका रचनाको सातौ तथा लिम्बूबाट प्रथम कृति सेम्मु?इ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

कृति भित्र किरात सिरिजङगा लिपीबाट १५ वटा हाम्लाक्वाहरु समावेश छन् भने सो कृति ४८ पृष्ठको रहेको छ । साहित्यकार लाअाेतीका
नटुङगिन्ने यात्रा (गीति सङग्रह २०६३), जाउला हाटैमा (गीति सङग्रह २०६३), दुर्भाग्य (उपन्यास सङग्रह २०६५), हित कोष (उक्ति सङग्रह २०६८), प्रीतिको डायरी (कविता सङग्रह २०६९) र स्मृति (गजल सङग्रह २०७५) लगायत नेपाली साहित्यमा फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् ।

साहित्यकार लाओतीले केहि हाम्लाक्वाहरु समेत वाचन गरेका थिए ।
विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षता सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा “डिल्लीश्वर“ले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...