किरातगुरु आत्मानन्दको जन्मभूमि अगौटेबारीको संरक्षण गरिने

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मभूमि माङसेबुङको चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए ।

बुधबार आयोजना गरिएको सप्ताहव्यापी सावा येत् नाम्धुङ लाधुङसेमी सेवाको उदघाटन गर्दै नेपाल सरकारका माननीय मन्त्री नेम्बाङले सो कुरा बताएका हुन ।

किरात धर्म दर्शनका ज्ञाता, पुनःउत्थान, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको जन्मभूमि इलाम जिल्लाको माङसेबुङ–२, चुक्चिनाम्बाको अगौटेबारीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका निमित्त आफूले पहल गर्ने मन्त्री नेम्बाङले बताएका हुन् ।

यसरी नै सोही कार्यक्रमको अवसर पारेर पवित्रहाङमा मार्गको अवलोकन र कालोपत्रे लागि बन्दै गरेको गौरवको योजना अन्तर्गतको दमक चिसोपानी सडक खण्ड (फाल्गुनन्द मार्ग) को अवस्थाका बारे मन्त्री नेम्बाङले छलफल तथा भेटघाट गर्नुभएको छ ।

माङ् सेवासावाहरुबाट मुन्धुम वाचन गरी सोमबार र मंगलबार विश्व शान्ति तथा मानव एकताका लागि सावा येत् नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसरी सप्ताह व्यापी आयोजना गरिएको सेवा तथा कार्यक्रममा किरात धर्मगुरु र गुरुआमा पवित्रहाङ्मा लिङ्देनको समेत उपस्थिति रहेको कार्यक्रम आयोजकले जनाएको छ ।

कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य आशारत्न चवेगू, संविधान सभा सदस्य श्रीप्रसाद जवेगू, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतको समेत उपस्थित रहेको थियो ।

टिकाराम केरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई देउमान आङबुहाङले सहसंयोजनमा गुरु निजी आश्रम तथा गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि समितिले जनाएको छ ।

सप्ताह व्यापी रुपमा संचालित उक्त येत् नाम्धुङ लाधुङसेमी सेवा शुक्रबार समापन भएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...