किरातगुरु आत्मानन्दको जन्मभूमि अगौटेबारीको संरक्षण गरिने

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मभूमि माङसेबुङको चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए ।

बुधबार आयोजना गरिएको सप्ताहव्यापी सावा येत् नाम्धुङ लाधुङसेमी सेवाको उदघाटन गर्दै नेपाल सरकारका माननीय मन्त्री नेम्बाङले सो कुरा बताएका हुन ।

किरात धर्म दर्शनका ज्ञाता, पुनःउत्थान, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको जन्मभूमि इलाम जिल्लाको माङसेबुङ–२, चुक्चिनाम्बाको अगौटेबारीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका निमित्त आफूले पहल गर्ने मन्त्री नेम्बाङले बताएका हुन् ।

यसरी नै सोही कार्यक्रमको अवसर पारेर पवित्रहाङमा मार्गको अवलोकन र कालोपत्रे लागि बन्दै गरेको गौरवको योजना अन्तर्गतको दमक चिसोपानी सडक खण्ड (फाल्गुनन्द मार्ग) को अवस्थाका बारे मन्त्री नेम्बाङले छलफल तथा भेटघाट गर्नुभएको छ ।

माङ् सेवासावाहरुबाट मुन्धुम वाचन गरी सोमबार र मंगलबार विश्व शान्ति तथा मानव एकताका लागि सावा येत् नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसरी सप्ताह व्यापी आयोजना गरिएको सेवा तथा कार्यक्रममा किरात धर्मगुरु र गुरुआमा पवित्रहाङ्मा लिङ्देनको समेत उपस्थिति रहेको कार्यक्रम आयोजकले जनाएको छ ।

कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य आशारत्न चवेगू, संविधान सभा सदस्य श्रीप्रसाद जवेगू, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतको समेत उपस्थित रहेको थियो ।

टिकाराम केरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई देउमान आङबुहाङले सहसंयोजनमा गुरु निजी आश्रम तथा गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि समितिले जनाएको छ ।

सप्ताह व्यापी रुपमा संचालित उक्त येत् नाम्धुङ लाधुङसेमी सेवा शुक्रबार समापन भएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;