‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ लावतीलाई प्रदान गरिने

 लिम्बुवान न्युज
                       

इलाम। रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावतीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ पाउने भएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक लावतीलाई प्रदान गर्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ इलाम शाखाको नवनिर्वाचित समितिले पदभार ग्रहण गर्दै शुुक्रवार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीको सो पुरस्कार यसपटक पनि नयाँ वर्षमा प्रदान गरिने भएको छ ।

पत्रकारिता क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील लावती हाल ग्रामीण क्षेत्र इलामको माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन प्रमुख हुन् । सेइङ बेलिपुन्ज साहित्यिक पत्रिकाको सम्पादक भएर पत्रकारितामा प्रवेश गरेका लावती छहारा साहित्यिक पत्रिका, हाम्रो बुलन्द आवाज पाक्षिक पत्रिका, सनसाइस पोस्टमा आवद्ध हुँदै माङ्गेन्ना मासिक पत्रिकाको सम्पादक भएर समेत काम गरिसकेका छन् ।

शहर र सदरमुकाम केन्द्रित पत्रकारिता भन्दा ग्रामिण क्षेत्रमा रहेर त्यस क्षेत्रको संचारमाध्यमद्वारा सम्बद्र्धन र प्रर्वद्धन गर्न रुचाउने लावती निरन्तर पत्रकारितामा सक्रिय छन् । उनी २०७२ देखि रेडियो माङसेबुङको स्टेशन प्रमुखका रुपमा कार्यरत छन् । उनी माङसेबुङ गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।

पत्रकार गणेश घिमिरे

यसरी नै यसअघि स्थगित २०७७ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामकै पत्रकार गणेश घिमिरेले पाउनेछन् । यसअघिको कार्यसमितिले गत १० माघको साधारणसभामा नै वितरण गर्ने निर्णय गरेपनि अन्तिम समयमा स्थगित गरेको पुरस्कार वितरण पनि नयाँ वर्षमा नै घिमिरेलाई प्रदान गरिनेछ ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचारपत्र दैनिकका इलाम समाचारदाता एवम् रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादक समेत हुन् ।

यसपटक दुवै वर्षको पुरस्कार एकैदिन वितरण गरिनेछ । अघिल्लो नयाँ वर्षमा कोरवना भाइरस (कोभिड १९) का कारण सो पुरस्कार वितरण गरिएको थिएन ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल नयाँ वर्षको दिन इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।

युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;