‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ लावतीलाई प्रदान गरिने

,   लिम्बुवान न्युज
                       

इलाम। रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावतीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ पाउने भएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक लावतीलाई प्रदान गर्न लागिएको हो ।

नेपाल पत्रकार महासंघ इलाम शाखाको नवनिर्वाचित समितिले पदभार ग्रहण गर्दै शुुक्रवार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीको सो पुरस्कार यसपटक पनि नयाँ वर्षमा प्रदान गरिने भएको छ ।

पत्रकारिता क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील लावती हाल ग्रामीण क्षेत्र इलामको माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन प्रमुख हुन् । सेइङ बेलिपुन्ज साहित्यिक पत्रिकाको सम्पादक भएर पत्रकारितामा प्रवेश गरेका लावती छहारा साहित्यिक पत्रिका, हाम्रो बुलन्द आवाज पाक्षिक पत्रिका, सनसाइस पोस्टमा आवद्ध हुँदै माङ्गेन्ना मासिक पत्रिकाको सम्पादक भएर समेत काम गरिसकेका छन् ।

शहर र सदरमुकाम केन्द्रित पत्रकारिता भन्दा ग्रामिण क्षेत्रमा रहेर त्यस क्षेत्रको संचारमाध्यमद्वारा सम्बद्र्धन र प्रर्वद्धन गर्न रुचाउने लावती निरन्तर पत्रकारितामा सक्रिय छन् । उनी २०७२ देखि रेडियो माङसेबुङको स्टेशन प्रमुखका रुपमा कार्यरत छन् । उनी माङसेबुङ गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।

पत्रकार गणेश घिमिरे

यसरी नै यसअघि स्थगित २०७७ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामकै पत्रकार गणेश घिमिरेले पाउनेछन् । यसअघिको कार्यसमितिले गत १० माघको साधारणसभामा नै वितरण गर्ने निर्णय गरेपनि अन्तिम समयमा स्थगित गरेको पुरस्कार वितरण पनि नयाँ वर्षमा नै घिमिरेलाई प्रदान गरिनेछ ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचारपत्र दैनिकका इलाम समाचारदाता एवम् रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादक समेत हुन् ।

यसपटक दुवै वर्षको पुरस्कार एकैदिन वितरण गरिनेछ । अघिल्लो नयाँ वर्षमा कोरवना भाइरस (कोभिड १९) का कारण सो पुरस्कार वितरण गरिएको थिएन ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल नयाँ वर्षको दिन इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।

युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;