महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, सत्ता पक्ष पत्तासाफ

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा युनियनका विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी चौतारीका निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेलले अध्यक्षमा बाजी मारेका छन् । यो सँगै महासंघमा सत्ता पक्षको पत्तासाफ भएको छ ।

शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च नेपाल, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् । त्यसैगरी रामप्रसाद दाहालले १५६ मत ल्याएका छन् ।

पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । यसरी नै महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजकमा विजयी भएका छन् ।

महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जनामात्र केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा ७७ जिल्लाबाट १३ हजारभन्दा बढी मतदाता सहभागी थिए ।

मत परिणाम तल हेर्नुहोस्ः कसले कति मत पाए ?

पद उम्मेदवार गठबन्धन मत परिणम
अध्यक्ष 

 

 

 

विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
निर्मला शर्मा चौतारी (ओली समूह) सहित ९ संघ ३९१५
गजेन्द्र बुढाथोकी ४९१
रामप्रसाद दाहाल १५६
वरिष्ठउपाध्यक्ष 

 

 

रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
माधव नेपाल चौतारी (ओली समूह) सहित ९ संघ ३७८१
रामजी दाहाल ६०५
उपाध्यक्ष- महिला 

 

बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
दाना के.सी. (सुवेदी) चौतारी (ओली समूह) सहित ९ संघ ३५२८
उपाध्यक्ष-समावेशी 

 

 

उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
अवधेश झा चौतारी (ओली समूह)सहित ९ संघ ३५६१
मोहनकुमार सिंह ९८१
महासचिव 

 

 

रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
बालकृष्ण बस्नेत चौतारी (ओली समूह) सहित ९ संघ ३८६०
सुबोध गौतम ८९९
सचिव खुला 

 

 

 

गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
रामकृष्ण ज्ञवाली चौतारी (ओली समूह) सहित ९ संघ ३०२१
जन्मदेव जैसी ११२७
यम विरही ७५७
सचिव- महिला 

 

सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
निमा काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ४०८९
सचिव (आदिवासी जनजाति) 

 

 

नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
रामकुमार श्रेष्ठ चौतारी (ओली समूह) सहित ९ संघ १११३
शाहीमान राई ३२८९
सचिव (मधेशी) 

 

 

दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
स्वेता सिन्हा चौतारी (ओली समूह) सहित ९ संघ ४४६१
देवकुमार यादव ६४७
सचिव (दलित) 

 

हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
मधु शाही चौतारी (ओली समूह) सहित ९ संघ ४६४६
सचिव (एसोसिएट) 

 

 

 

 

पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
रामेश्वर कार्की चौतारी (ओली समूह) सहित ९ संघ २८००
केशवराज खनाल ५८०
राधेश्याम दाहाल ३४९
विजय देवकोटा २५७
कोषाध्यक्ष 

 

 

 

कलेन्द्र सेजुवाल युनियन-संगठनसहित ११ संघ ५६७८ विजयी
कृष्ण गिरी चौतारी (ओली समूह) सहित ९ संघ ३२७८
माधव दुलाल १००८
प्रकाश थापा ६१८
लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
द्धारिका काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ३१९१
लक्ष्मण कार्की १७१४

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...