महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, सत्ता पक्ष पत्तासाफ

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा युनियनका विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी चौतारीका निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेलले अध्यक्षमा बाजी मारेका छन् । यो सँगै महासंघमा सत्ता पक्षको पत्तासाफ भएको छ ।

शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च नेपाल, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् । त्यसैगरी रामप्रसाद दाहालले १५६ मत ल्याएका छन् ।

पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । यसरी नै महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजकमा विजयी भएका छन् ।

महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जनामात्र केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा ७७ जिल्लाबाट १३ हजारभन्दा बढी मतदाता सहभागी थिए ।

मत परिणाम तल हेर्नुहोस्ः कसले कति मत पाए ?

पद उम्मेदवार गठबन्धन मत परिणम
अध्यक्ष 

 

 

 

विपुल पोखरेल युनियन-संगठनसहित ११ संघ ६९४२ विजयी
निर्मला शर्मा चौतारी (ओली समूह) सहित ९ संघ ३९१५
गजेन्द्र बुढाथोकी ४९१
रामप्रसाद दाहाल १५६
वरिष्ठउपाध्यक्ष 

 

 

रमेश विष्ट युनियन-संगठनसहित ११ संघ ६७४१ विजयी
माधव नेपाल चौतारी (ओली समूह) सहित ९ संघ ३७८१
रामजी दाहाल ६०५
उपाध्यक्ष- महिला 

 

बाला अधिकारी युनियन-संगठनसहित ११ संघ ७२२६ विजयी
दाना के.सी. (सुवेदी) चौतारी (ओली समूह) सहित ९ संघ ३५२८
उपाध्यक्ष-समावेशी 

 

 

उदय जीएम युनियन-संगठनसहित ११ संघ ६११७ विजयी
अवधेश झा चौतारी (ओली समूह)सहित ९ संघ ३५६१
मोहनकुमार सिंह ९८१
महासचिव 

 

 

रोशन पुरी युनियन-संगठनसहित ११ संघ ६२४२ विजयी
बालकृष्ण बस्नेत चौतारी (ओली समूह) सहित ९ संघ ३८६०
सुबोध गौतम ८९९
सचिव खुला 

 

 

 

गोविन्द चौलागाई युनियन-संगठनसहित ११ संघ ६१७१ विजयी
रामकृष्ण ज्ञवाली चौतारी (ओली समूह) सहित ९ संघ ३०२१
जन्मदेव जैसी ११२७
यम विरही ७५७
सचिव- महिला 

 

सृजना अर्याल युनियन-संगठनसहित ११ संघ ६५८० विजयी
निमा काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ४०८९
सचिव (आदिवासी जनजाति) 

 

 

नारायण सुन्दर किलम्बु युनियन-संगठनसहित ११ संघ ६३०० विजयी
रामकुमार श्रेष्ठ चौतारी (ओली समूह) सहित ९ संघ १११३
शाहीमान राई ३२८९
सचिव (मधेशी) 

 

 

दीपेन्द्र चौहान युनियन-संगठनसहित ११ संघ ५६९६ विजयी
स्वेता सिन्हा चौतारी (ओली समूह) सहित ९ संघ ४४६१
देवकुमार यादव ६४७
सचिव (दलित) 

 

हेमकर्ण वि.क युनियन-संगठनसहित ११ संघ ५९५८ विजयी
मधु शाही चौतारी (ओली समूह) सहित ९ संघ ४६४६
सचिव (एसोसिएट) 

 

 

 

 

पवन आचार्य युनियन-संगठनसहित ११ संघ ५७३५ विजयी
रामेश्वर कार्की चौतारी (ओली समूह) सहित ९ संघ २८००
केशवराज खनाल ५८०
राधेश्याम दाहाल ३४९
विजय देवकोटा २५७
कोषाध्यक्ष 

 

 

 

कलेन्द्र सेजुवाल युनियन-संगठनसहित ११ संघ ५६७८ विजयी
कृष्ण गिरी चौतारी (ओली समूह) सहित ९ संघ ३२७८
माधव दुलाल १००८
प्रकाश थापा ६१८
लेखा समिति संयोजक लेखनाथ न्यौपाने युनियन-संगठनसहित ११ संघ ५६८८ विजयी
द्धारिका काफ्ले चौतारी (ओली समूह) सहित ९ संघ ३१९१
लक्ष्मण कार्की १७१४

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;