लिम्बुवान मञ्चको पथरीशनिश्चरे नगर अध्यक्षमा छत्र कुरुम्फङ्

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल पथरीशनिश्चरे नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । आज (शनिबार) पथरी सिरीजंगा सामुदायिक बनको प्राङगणमा सम्पन्न अधिवेशनले छत्र कुरुम्फङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गर्दै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पथरी लिम्बुवानको मुटु भएको हुँदा यहाँ लिम्बुवानको राजनीति विचार मर्नु नहुने बताए । लिम्बुवान १८ पटक फुटेर पनि मञ्चलाई बचाएर एक ढिक्का भएर ११ तारे झण्डा र खुकुरी चुनाव चिन्ह बचाएर राखेको हुँदा मञ्च एक दिन देशकै ठूलो पार्टी बन्ने लिङ्देनले जिकीर गरेका छन् ।

कार्यक्रमलाई मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, प्रान्तीय महासचिव अशोक चेम्जोङ्, उपमहासचिव दिल कुमार लावती, केन्द्रीय सदस्यहरु धन बहादुर साँवा, अमृत मादेन र रामहर्क खम्बू लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको बन्दसत्रले अध्यक्षमा कुरुम्फङ्सँगै उपाध्यक्षमा ध्रुव कुमार साम्सोहाङ, टेक बहादुर हुक्पा चोङबाङ, प्रेम खेवा, लाल बहादुर देवान र चन्द्र कुमार सम्बाहाङफे रहेका छन् । त्यसैगरी सचिवमा बल बहादुर फियाक, सह–सचिवमा शशी चोङबाङ, अर्थसचिवमा सन माया राई निर्वाचित भएका छन् भने सदस्यहरुमा खेम राज तुम्बापो, गज बहादुर लाबुङ, टेक बहादुर नेयोङ, दल बहादुर साँवा, दिलिप पाहिम, गंगा राई, युनिसा लिम्बु, मनिकुमार थेगिम, इन्दीरा लिम्बु यक्सो, मैना दर्जी, कोपिला लिम्बु, मनोज चेम्जोङ, कोपिला हाङगाम, पवित्रा लिम्बु, हिमा थलङ, शशी थलङ, डिल्ली सेर्मा र दिल कुमारी लावती रहेका छन् ।

नवनिर्वाचित कार्य समिति निर्वाचन समितिका संयोजक मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीले घोषणा गरेकि थिइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;