लिम्बुवान मञ्चको पथरीशनिश्चरे नगर अध्यक्षमा छत्र कुरुम्फङ्

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल पथरीशनिश्चरे नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । आज (शनिबार) पथरी सिरीजंगा सामुदायिक बनको प्राङगणमा सम्पन्न अधिवेशनले छत्र कुरुम्फङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गर्दै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पथरी लिम्बुवानको मुटु भएको हुँदा यहाँ लिम्बुवानको राजनीति विचार मर्नु नहुने बताए । लिम्बुवान १८ पटक फुटेर पनि मञ्चलाई बचाएर एक ढिक्का भएर ११ तारे झण्डा र खुकुरी चुनाव चिन्ह बचाएर राखेको हुँदा मञ्च एक दिन देशकै ठूलो पार्टी बन्ने लिङ्देनले जिकीर गरेका छन् ।

कार्यक्रमलाई मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, प्रान्तीय महासचिव अशोक चेम्जोङ्, उपमहासचिव दिल कुमार लावती, केन्द्रीय सदस्यहरु धन बहादुर साँवा, अमृत मादेन र रामहर्क खम्बू लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको बन्दसत्रले अध्यक्षमा कुरुम्फङ्सँगै उपाध्यक्षमा ध्रुव कुमार साम्सोहाङ, टेक बहादुर हुक्पा चोङबाङ, प्रेम खेवा, लाल बहादुर देवान र चन्द्र कुमार सम्बाहाङफे रहेका छन् । त्यसैगरी सचिवमा बल बहादुर फियाक, सह–सचिवमा शशी चोङबाङ, अर्थसचिवमा सन माया राई निर्वाचित भएका छन् भने सदस्यहरुमा खेम राज तुम्बापो, गज बहादुर लाबुङ, टेक बहादुर नेयोङ, दल बहादुर साँवा, दिलिप पाहिम, गंगा राई, युनिसा लिम्बु, मनिकुमार थेगिम, इन्दीरा लिम्बु यक्सो, मैना दर्जी, कोपिला लिम्बु, मनोज चेम्जोङ, कोपिला हाङगाम, पवित्रा लिम्बु, हिमा थलङ, शशी थलङ, डिल्ली सेर्मा र दिल कुमारी लावती रहेका छन् ।

नवनिर्वाचित कार्य समिति निर्वाचन समितिका संयोजक मोरङ जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीले घोषणा गरेकि थिइन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...