ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समितिको जनप्रर्दशन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। आदिवासी लिम्बु समुदायको ऐतिहासिकस्थल मुक्कुमलुङलाई अतिक्रमण गरी पाथीभरा नाम गरिएकोमा बिरोध शुरु भएको छ । आदिवासीको जल, जंगल र जमिन माथि राज्यले अतिक्रमण गर्दै लिम्बु पहिचान झल्कने नामको अतिक्रमणको विरोध गर्दै साँस्कृतिक विरासत पुनःस्थापित गरिनुपर्ने माग राख्दै ताप्लेजुङ सहित अरुण पूर्वका नौ जिल्लामा जनप्रर्दशन शुरु गरिएको हो ।

“मुन्धुमी स्थल मुकुम्लुङ मौलिकता जोगाऔं, सांस्कतिक अतिक्रमण विरुद्ध संघर्ष गरौं” भन्ने नाराका साथ सेभ मुकुम्लुङ अभियान अन्र्तगत मुकुम्लुङ संयुक्त संघर्ष समितिले जनप्रर्दशन गरेको हो । समितिका संयोजक श्री लिङ्खिमका अनुसार भोली आईतबार सर्वोच्च अदालत परिसर अगाडी प्रर्दशन गर्ने तयारी छ । सदरमुकाम फुङ्लिङमा विभिन्न झाँकीसहित प्रर्दशन गरिएको थियो । ¥यालीमा सेभ मुकुम्लुङ, आदिवाशी रैथानेहरुको सामूहिक भूमि अधिकारको सम्मान गर, मुकुम्लुङ युमा माङ् माथिको अतिक्रमण बन्द गर लगायतका प्लेकार्ड सहित नारा लगाएका थिए । ¥यालीमा हजारौं ताप्लेजुङबासीहरुको स्वतस्फूर्त सहभागी रहेको थियो ।

बजार परिक्रमा पछि आयोजित कोणसभा मार्फत पाथीभरा दर्शन केबुलकार प्रा.लि.द्वारा आगामी २०७८ वेशाख ११ गते प्रधानमन्त्रीले केबुलकार शिलान्यास गर्ने कार्यक्रमलाई जसरी पनि रोक्ने निर्णय गरिएको संयोजक लिङ्खिमले जानकारी दिए । नेपाल सरकार र सम्बन्धित पक्ष समक्ष ज्ञापन पत्र बुझाउनुका साथै केही समझदारीहरू समेत भएपनि न्यायिक मागलाई बेवास्ता गर्दै जबरजस्त नागरिक आवाजलाई दबाएर जाने नियतका साथ पाथीभरा दर्शन केबुलकार प्रा.लि.द्वारा आगामी २०७८ वेशाख ११ गते प्रधानमन्त्रीले केबुलकार शिलान्यास गर्ने भन्ने विभिन्न संचारमाध्यममार्फत जानकारी हुन आएकोले त्यसलाई रोक्नको लागि चरणवद्ध आन्दोलनको घोषणा गरेको संयोजक लिङ्खिमले बताए ।

यसअघि घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएको थियो । पहिलो चरणको कार्यक्रम पश्चात पनि नरोकिए थप सशक्त आन्दोलन कार्यक्रम घोषणा गर्ने र मुक्कुमलुङ बचाउनका लागि जस्तोसुकै कदम उठाउन वाध्य हुने कुरा विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार प्रकाशित विज्ञप्तिमा विभिन्न राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सरकार पाथीभरा दर्शन केबुलकार प्रा.लि.लाई त्यस क्षेत्रका रथाने आदिवासीहरुसँग कुनै परमर्श नै नगरी आदिवासी जनजातिको अग्राधिकार प्राप्त आई एल ओ १६९ लाई वेवस्ता गर्दै अगाडि बढेको प्रति मुक्कुमलुङ् संघर्ष समितिले आपत्ती जनाएको छ । सरकार प्राकृतिक दोहनमा लागेको आरोप लगाउँदै पाथीभरालाई पुनः मुक्कुमलुङ् नामाकरण नगरिएमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुने संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...