नेम्बाङ दुर्गाको लुङधुङ पालाम सङग्रह बिमोचन

 लिम्बुवान न्युज
                       

झापा। पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति लुङधुङ पालाम संग्रह विमोचन भएको छ ।

शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका-७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापा अध्यक्ष साहित्यकार सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

कार्यक्रममा इतिहास लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङले पालाम सङग्रह माथी टिप्पणी रसमिक्षा गरेका थिए । पालामभित्र ४ अध्याय गरि जम्मा ४० वटा पालामहरु रहेको छ भने उक्त सङग्रह ८० पृष्ठकाे रहेको छ ।

कार्यक्रममा कन्काइ नगरपालिका-७ को जननिर्वाचित वडाध्यक्ष लिला ब. कन्दङवा, साहित्यकार पुष्पहाङ लोरिङदेन लोवा, निर्देशक तथा कलाकार राजकुमार आङदेम्बे, याक्थुङ लेखक संघ केन्द्रीय सदस्य इक्साहाङ चेम्जोङ, याक्थुङ युवा मञ्च झापा जिल्ला उपाध्यक्ष तथा मुक्कुमकुङ संरक्षण समिति झापा सचिब वसन्त मेन्याङबो, कियाचु झापा पुर्ब जिल्ला सदस्य भक्त मेन्याङबो, कियाचु झापा जिल्ला सदस्य चन्द्रकला आङदेम्बे, कमल गा.पा. कियाचु उपाध्यक्ष मनकुमार थलङ, किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति कन्काई नगर उपाध्यक्ष धनपाल कन्दङ्वा, किरात धर्म तथा साहित्य उत्थान संघ कन्काइ उपाध्यक्ष साजन साङ्वा लगायतको उपस्थिति रहेकोे थियोे ।

नेम्बाङद्वारा लिखित लिम्बू भाषाको प्रथम कृति लुङधुङलाइ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका कोषाध्यक्ष रचना लाओतीले गरेकी थिइन् । कार्यक्रम प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा डिल्लीश्वरले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...