याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

 लिम्बुवान न्युज
                       

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनले हुक्पाचोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिती चयन गरेको आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रज्ञा इजम यस्तै उपाध्यक्षहरुमा कमल हाङसरुम्बा, मणिबिक्रम योङहाङ, राजेन्द्र इधिङगो र रञ्जुला तेयुङ रहनुभएको भएको छ । यस्तै महासचिवमा मनिष आङबो, सचिवहरुमा गणेश तुम्रोक, नारायण आङखेवा, सुवास लुङफुवा र रितुराज तेयुङ साथै कोषाध्यक्षमा घनाश्याम थेवे रहनुभएको छ । समितिको सदस्यमा ६ जना रहेका छन् ।

मञ्चले ९ बुँदे सुम्हालुङ घोषणा पत्र प्रेश विज्ञप्ती पत्रकार सम्मेलन मार्र्फत जारि गरिएको हो । प्रेश विज्ञप्तीमार्र्फत जारि गरिएको घोषणा पत्रमा युवाहरुलाई परिश्रमी, उद्यमशिल तथा सिर्जनसिल बन्न अभ्रिप्रेरि गरि विदेश पलायन हुने प्रवृतिला्ई निरुत्साहित गर्ने, ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुणपुर्व ९ जिल्ला लिम्बुवान प्रदेश स्थापनाको लागि माग गर्ने, “याक्थुङ पाःन पारि” अभियान सञ्चालन गर्ने लगायतका बुँदाहरु रहेका छन् ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...