लिम्बुवानद्वारा क्रियासिल सदस्यता वितरण शिविर संचालन

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च नेपालले क्रियासिल सदस्यता वितरण शिविर संचालन गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध लिम्बुवान मञ्चले मोरङको पथरीशनिश्चरे नगरमा शिविर संचालन गरेको हो ।

सोमबार मञ्चका १ सय सक्रिय कार्यकर्ताहरुलाई पथरीको सिरिजङ्गा धार्मिक बनमा क्रियासिल सदस्यता वितरण गर्दै शिविर संचालन भएको मञ्चका संचार विभाग प्रमुख दिल कुमार लावतीले बताए ।

मञ्चले लिम्बुवानमा आगामी महाधिवेशनसम्ममा कम्तिमा ५० हजार क्रियाशिल सदस्य बनाउने जनाएको छ । त्यसैगरी अन्य १० वटा प्रान्तीय मञ्चहरुले पनि कम्तिमा २ लाखको हाराहारीमा क्रियासिल सदस्य बनाउने मञ्चले अभियान शुरु गरेको जनाएको छ ।

पहिचान र लिम्बुवानप्राप्तिको आन्दोलनलाई सदासयता सहयोग गरिरहनु हुने महानुभावहरुलाई उचित ठाउँहरुमा गएर शिविर नै संचालन गरेर क्रियासिल वितरणलाई तिब्र पार्ने मञ्चले आन्तरिक गृहकार्य गरेसँगै आजबाट शुरु गरिएको मञ्चका प्रान्तीय महासचिव शान्ता योङ्हाङले बताइन् ।

क्रियासिल वितरण कार्यक्रम लिम्बुवान मञ्च जिल्ला कार्य समिति मोरङको समन्वयमा वितरण गरिएको हो । क्रियासिल सदस्यता वितरणलाई नौ जिल्लाको सबै स्थानीय पालिकाहरुमा गएर यसरी नै निरन्तर वितरण कार्यलाई तिव्र पार्ने एक कार्यदल नै मञ्चले बनाएको योङहाङले बताएकी छन् । विगत बर्षमा पनि मञ्चले यो प्रकारको कार्यक्रम अघि बढाएको थियो ।

ठूला राजनीतिक दलहरुको भन्दा अलिकति फरक शैलीमा मञ्चले क्रियासिल सदस्य वितरणलाई खुल्ला गरेको हुँदा मञ्चका आकर्षण बढेको नवनिर्वाचित पथरी नगर अध्यक्ष छत्र कुरुम्फङ्ले बताए । मञ्चले १०+१ को अवधारणा अनुसार आ–आफ्नो प्रान्तले आ–आफ्नै प्रान्तको क्रियासिल सदस्यता प्रदान गरिने त्यसको सबै मनिटरिङ्ग संघीय मञ्चले गर्ने गरि खुल्लारुपले वितरण गर्ने प्रणाली ल्याएकोमा सहज भएको उनले बताए । अध्यक्ष कुरुम्फङले अब सबै वार्डहरुमा क्रमशः सदस्यता वितरण तिव्र पारेर कम्तिमा ५ हजार सक्रिय सदस्य नगरमा बनाउने बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;